सुनसरी ४ बाट निर्वाचित संघीय सांसद ज्ञानेन्द्रबहादुर कार्कीले पर्यटन क्षेत्रको विकास र विस्तार हुनुपर्नेमा जोड दिएका छन् । कोशी टप्पु बन्यजन्तु आरक्षमा आइतवार हात्ती सवारी गर्दै पूर्व अर्थमन्त्री समेत रहेका कार्कीले कोशी टप्पु पूर्वकै महत्वपूर्ण पर्यटकीय क्षेत्र भएको बताउदै यसको सम्वर्द्धन र प्रवर्द्धनमा आफू लागिपरेको बताए ।

आमासंगै हात्ती सवारीको क्रममा कोशी टप्पु पुगेका कार्कीको साथमा कोशी प्रदेशका पर्यटन वन तथा वाताबरण मन्त्री सदानन्द मण्डल, कोशी टप्पु बन्यजन्तु आरक्षका प्रमुख रामदेव चौधरी, नेपाली कांग्रेस कोशी सभापति तथा कोशी गाउँपालीका ३ नम्बर वडा अध्यक्ष सुलेमान मन्सुरी लगायतको उपस्थिति रहेको थियो ।

संघीय सांसद कार्की दुई हप्तादेखि आफ्ना क्षेत्रका सर्वसाधारणसंग प्रत्यक्ष भेटघाट गरी उनीहरुको समस्या र गुनासो सम्बोधन गर्दै क्रम रहेको बुझिएको छ ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








