सुनसरी सदरमुकाम इनरुवा नगरपालिकामा अवस्थित रहेको बिराट डाइग्नोष्टीक एण्ड पोलीक्लिनिकमा भिडियो एक्सरे गरेका एक बिरामीको गलत रिपोर्ट दिएको पाइएको छ । पेट दुखेर सोमबार भिडियो एक्सरे गराएका कोशी गाउँपालीका वडा ५ बस्ने तौसीफ आलमकी ३ वर्षकी छोरी आईसा प्रविणको रिपोर्ट गलत दिएको पाइएको हो ।

बिराट डाइग्नोष्टीक एण्ड पोलीक्लिनिक प्रा. ली. मा सोमबार भिडियो एक्सरे गर्दा आन्द्रा भित्र आन्द्रा पसेको र आन्द्रा नचलेको भनी दिएकोमा भोलिपल्ट अर्थात् मंगलवार भिडियो एक्सरे गर्दा त्यस्तो कुनै समस्या नभएको र बच्चाको अवस्था सामान्य रहेको रिपोर्ट दिएको देखिएको छ ।

उनले गलत रिपोर्ट दिएर त्रासको वातावरण सृजना गर्ने चिकित्सक उपर कारबाही गर्न माग समेत गरेका छन । यता बिराट डाइग्नोष्टीक एण्ड पोलीक्लिनिक इनरुवाका संचालक माधव साहले आफूहरुले दिएको रिपोर्ट गलत नभएको दाबी गरेका छन् । पछिल्लो समय जिल्ला अस्पताल इनरुवा अस्पताल आसपास खोलिएका बिराट डाइग्नोष्टीक एण्ड पोलीक्लिनिक जस्ता कतिपय क्लिनिकको लापरवाहीको कारण सेवाग्राहीकाे विश्वास घट्दै गएकाे पाइएकाे छ ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








