मिकाइल आलम
इनरुवा । कलाकार तथा सामाजिक अभियन्ता उमर खान सुनसरी जिल्लामा सम्मानित भएका छन् । तेक्वान्दो खेल र आफ्नो कलाकारिता मार्फत राष्ट्र लाई विश्व माझ चिनाउन सफल भएको भन्दै उनलाई हरिनगर गाउँपालीकाको कार्यालय सुनसरीले बुधवार सम्मान गरेको हो ।

हरिनगर गाउँपालीका अध्यक्ष गफार अन्सारी र कोशी प्रदेश सभा सदस्य तथा नेपाल मुस्लिम संघ कोशी प्रदेश अध्यक्ष इस्राइल मन्सुरीले कलाकार तथा खेलाडी उमर खान र उनको बुवा रोशन खानलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन । उनले आफू गाउँपालीका अध्यक्ष भएपछि युवाहरुको क्षमता अभिवृद्धी गर्न विभिन्न कार्यक्रमका साथै खेलकुदलाई प्राथमिकता दिएको जानकारी गराएका थिए ।











