इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार ५२ जना एसपीको सरुवा गरेमा उनको पनि सरुवा भएको हो ।
प्रहरी प्रधान कार्यालयले निकालेको सरुवा सूचीअनुसार सुनसरीका प्रहरी प्रमुख थापाको काठमाडौं उपत्यका प्रहरी कार्यालय तालिम अन्वेषण विकास तथा समन्वय शाखा रानीपोखरा सरुवा भएको हो । कमल थापाको स्थानमा संजयसिंह थापा सुनसरीको नयाँ प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरी आउन लागेका उनी अख्तियर दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालय प्रहरी महाशाखा टंगाल काठमाडौमा कार्यरत छन् । यसैबीच प्रहरी प्रधान कार्यालयले मंगलबार ५२ जना एसपी र ५७ डिएसपीको सरूवा गरेको छ । अवधि पुगेका सबै जिल्ला प्रहरी प्रमुखको सरुवा गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।








