ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

जनताको गुनासो सुन्न नागरिक सुनुवाइ

आवर कोशी by आवर कोशी
पुस १९, २०८१
जनताको गुनासो सुन्न नागरिक सुनुवाइ
37
SHARES
Share on FacebookShare on Twitter

मिकाइल आलम

इनरुवा । जिल्ला सुरक्षा समिति सुनसरीको आयोजनामा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला मातहतमा भए गरेका सुरक्षा गतिविधि तथा भावी दिनमा नागरिक र सुरक्षाकर्मी बीचको सम्बन्ध लाई थप सुमधुर गराउने उद्देश्यले शुक्रवार जिल्लाको हरिनगर गाउँपालीका वडा नम्बर ४ मा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको हो । उक्त कार्यक्रम जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीको अध्यक्षता एवं हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

प्रहरी प्रति जनताको गुनासो तथा सुझाव सुन्ने लागू औषध तथा कुलतबाट युवालाई जोगाउन र समुदाय र प्रहरी बीच समन्वय कायम गर्न नागरिक सुनुवाइ कार्यक्रम सञ्चालन गरिएको हो। अपराधजन्य गतिविधि रोकथाममा प्रहरी र नागरिकको उत्तिकै दायित्व रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सुमन कुमार तिम्सिना बताउँछन् ।उनले प्रहरी नागरिकको सुरक्षार्थ २४ सै घण्टा अहोरात्र कार्यक्षेत्रमा खटिँदै आएको दाबी गर्दै प्रहरी निकाय शान्ति सुरक्षामा मात्र केन्द्रित नभई सामाजिक तथा भौतिक कार्यमा सक्रिय रहँदै आएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि हरिनगर गाउँपालीका अध्यक्ष गफार अन्सारीले समाजमा अपराधजन्य क्रियाकलाप न्यूनीकरण गर्न प्रहरी र नागरिकबिचको समन्वय महत्त्वपूर्ण भएको औँल्याए ।उनले सामाजिक विकृति विसङ्गतिलाई रोक्न सके अपराधका घटना आफै निस्तेज भएर जाने बताए । प्रशासन र नागरिकको सहकार्य बिना समाजमा अमनचैन स्थापित नहुने उल्लेख गर्दै अध्यक्ष अन्सारीले समाजमा हुने विकृतिलाई जस्तो चस्माले हे¥यो उस्तै देखिने भएकाले सुशासन कायम गर्न जिल्लाका सुरक्षा निकाय ,प्रहरी र प्रशासन बीच समन्वय आवश्यक भएकोमा जोड दिए ।


प्रहरीले विभिन्न समयमा गाउँ गाउँमा पुगेर नागरिक सुनुवाइ गरेर जनताको सुझाव सङ्कलन गर्दै आइरहेको जनाउदै प्रहरीको काम कर्तव्यको विषयमा आएका रचनात्मक सल्लाह सुझाव लाई आत्मसाथ गर्दै अगाडी बढ्ने एसपी तिम्सिनाले बताए । जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुको उपस्थितीमा आयोजित कार्यक्रममा प्रहरी सेवा प्रवाहलाई आवश्यकता अनुसार थप प्रभावकारी र आमनागरिक माझ पारदर्शी एवम् सहभागितामा अभिवृद्धि गर्ने उद्देश्यले नागरिक सुनुवाई कार्यक्रम गर्दै आएको जनाइएको छ ।

कार्यक्रममा हरिनगर गाउँपालिकाका सबै वडाका वडाध्यक्षहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, स्थानीय बुद्विजिवी, संचारकर्मी तथा गाउँबासीहरुको बाक्लो उपस्थिति रहेको थियो भने कार्यक्रमका सहभागीहरुले सीमामा सिसिटिभि, चोरी तस्करी नियन्त्रण, विभिन्न घटनाको समयमै जानकारी, मदिराजन्य पदार्थको बिक्री वितरणमा निश्चित एरिया तोकिनुपर्ने र सडक अतिक्रमणमा रोक लगाउनुपर्ने, सेवा लिन जाने सेवाग्राहीलाई छिटोछरितो सेवा प्रवाह, विचौलिया नियन्त्रण जस्ता मुख्य सवालहरु उठान गरेका थिए ।

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    562 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    520 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    381 shares
    Share 152 Tweet 95
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.