विराटनगर । प्रदेश सभा एकमा नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकार भङ्ग हुने दाबी गरेका छन।
सञ्चारकर्मीहरुसँगको कुराकानीमा सचेतक कार्कीले भने, `अब एक महिनाभित्रमा प्रदेश १ को सरकार भंग हुन्छ र गठबन्धनको सरकार बन्छ।´ उनले अगाडी भने, `अब एक महिनाभित्रमा जसरी भएपनि यो सरकार ढल्छ, हेर्दै जानुहोला।´
नेता कार्कीले भने, `केन्द्रमा प्रतिनिधिसभा पुनर्स्थापना होस् कि नहोस्, संघीय सरकार रहोस् कि नहरोस्, संघीय सरकार विघटन भएर नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन होस वा नहोस् तर प्रदेश नं. १ को सरकारचाहिँ ढल्छ। एक महिनाभित्रमा प्रदेशमा नेपाली काँग्रेसको नेतृत्वमा पनि सरकार गठन हुन सक्छ, एमालेभित्रकै असन्तुष्ट समूह माधव नेपाल खेमाको पनि कोही मुख्यमन्त्री बन्न सक्छन्, तर प्रदेश सरकारको नेतृत्व गरेका शेरधन राई मुख्यमन्त्री रहँदैनन।´








