ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

फरार प्रतिवादी पक्राउमा सुनसरी प्रहरीलाई सफलता

आवर कोशी by आवर कोशी
पुस २२, २०८१
फरार प्रतिवादी पक्राउमा सुनसरी प्रहरीलाई सफलता
106
SHARES
Share on FacebookShare on Twitter

मिकाइल आलम

इनरुवा । विभिन्न अपराधमा संलग्न भएर लामो समयदेखि फरार रहेका प्रतिवादी पक्राउमा सुनसरी प्रहरी सक्रिय भएको छ । अदालतको फैसला कार्यान्वयनका लागि फरार अपराधी पक्राउ गर्न विशेष अभियान सञ्चालन गरिएकोमा जिल्ला प्रहरी कार्यालय सुनसरीले २१ दिनको अवधिमा दुई सय ५८ जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको जनाएको छ । विशेष अभियान अन्तर्गत अदालतको फैसला कार्यान्वयन, लागूऔषध तस्करी र कारोबार नियन्त्रण तथा अवैध भन्सार चोरी निकासी नियन्त्रण गर्ने कार्यलाई प्राथमिकता दिएर काम गरेअनुसार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको सुनसरीका प्रहरी उपरीक्षक (एसपी) सुमनकुमार तिम्सिनाको भनाइ छ ।

पुस १ गतेदेखि पुस २१ गतेसम्म सुनसरी प्रहरीले दुई सय ५८ जना प्रतिवादीलाई पक्राउ गरेको एसपी तिम्सिनाले जानकारी दिए । नेपाल प्रहरी र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको निर्देशन बमोजिम जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहत प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलीले जिल्ला अदालतबाट फरार रहेका विभिन्न स्थानका प्रतिवादीलाई पक्राउ गरिएको हो ।

फरारलाई धमाधम पक्राउ गर्दै अपराध गरेर भागे पनि कानुनले छाड्दैनभन्ने सन्देश प्रवाह गर्न प्रहरी सफल भएको एसपी तिम्सिना बताउँछन् । भागिरहेका अपराधीलाई नियन्त्रणमा लिँदै  प्रहरीले अपराध न्यूनीकरणमा भूमिका खेलिरहेको र कानुन तथा प्रहरीको काम कारबाहीप्रति सर्वसाधारणको भरोसा बढेको उनले बताए । ‘प्रहरी सक्रियतासँगै अपराधबाट पीडित भएकाले न्यायको महसुस गर्न पाएका छन्,’ उनले भने, ‘समग्र शान्ति सुरक्षाको अवस्थालाई मजवुत बनाउन तथा अपराध नियन्त्रण र अनुसन्धानमा पनि मद्धत पुगेको छ ।’ अपराधमा संलग्न कारबाहीको दायरामा नआउँदा कानुन कार्यान्वयनमा चुनौती थपिने गरेको उनले सुनाए । साथै पीडितले न्यायको अनुभूति गर्न नपाएको तथा विधिको शासनको उपहास भएको एसपी तिम्सिनाको भनाइ छ । 

‘अपराधमा संलग्नले कानुनले तोके अनुसारको सजाय भोग्नुपर्छ,’ उनले भने, ‘कतिपयको भने नाम, थर र वतन स्पष्ट नहुँदा पक्राउमा समस्या हुने गरेको छ ।’ उनका अनुसार अपराध गर्नेवित्तिकै पक्राउ नपर्दा कतिपय सुरुमै फरार बन्ने गरेका छन् । कतिपय अदालतले साधारण तारेख वा धरौटीमा छाड्ने र मुद्दाको किनारा लगाउँदा दोषी ठहर गरेपछि फरारबन्ने गरेको प्रहरी बताउँछ । पक्राउ गरेर प्रहरीले बुझाएपछि अदालतले प्रतिवादीलाई कैद सजाय भुक्तानका लागि करागार चलान गर्ने गरेको छ । जरिवानाको फैसला सुनाइएकालाई भने त्यसवापतको रकम असुलेर छाड्ने गरिन्छ ।

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    562 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    520 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    381 shares
    Share 152 Tweet 95
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.