कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले सबैलाई मकर सङ्क्रान्ति र माघीको शुभकामना व्यक्त गर्नुभएको छ । कोशी गाउँपालीका अध्यक्ष, गाउँपालीका राष्ट्रिय महासंघ कोशी प्रदेश अध्यक्ष तथा नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ सभापति समेत रहेका अन्सारीले आज सामाजिक सञ्जाल मार्फत शुभकामना व्यक्त गर्नुभएको हो ।
“आज माघे सङ्क्रान्ति, तराई क्षेत्रमा थारू जातिको माघी पर्व पनि हो, सूर्य धनु राशिबाट मकर राशिमा सङ्क्रमण (प्रवेश) गर्ने भएकाले यस दिनलाई मकर सङ्क्रान्ति पनि भनिन्छ,” शुभकामना सन्देशमा भनिएको छ, “आज घ्यू, चाकु, तरुल, तील, खित्रो र विभिन्न प्रकारका कन्दमूल र थारू जातिहरूमा घुङ्गी खाने चलन छ, सबैलाई मकर सङ्क्रान्ति र माघीको शुभकामना !!”







