बराहक्षेत्र / बराहक्षेत्र नगरपालिकाले आर्थिक बर्ष २०७७/०७८ को योजना अनुसार नगरका बिपन्न परिवारहरुलाई दुहुना गाई बितरणमा विचौलिया हावि भएको पाईएको छ ।
बराहक्षेत्र नगरपालिका वडा नं ८ पुलाहाका शेरबहादुर खत्रीको गोठको गाईलाई अर्के व्यक्तिले अनुदान लिने प्रकृया अगाडि बढे पछि विचौलिया काण्ड बाहिर आएको हो । यस अगाडि पनि वराहक्षेत्र ९ मा जनप्रतिनिधिहरुले आफु निकट व्यक्तिलाई अनुदानको गाई बितरण भएको कुरा सार्बजनिक भएको थियो। पुलाहाका खत्रीको गोठमा एउटा बकेर्नौ जर्सि गाई छ ।
त्यो गाई खत्रीले एक बर्ष अगाडि खरिद गरेर ल्याएका थिए । तर त्यो गाईको भर्खर नगरपालिकाको टोलीले बिमा समेत गरेको छ । गाईको कानमा १००१८ नम्बरको ट्राक लागेको छ । तर बैधानिक रुपमा त्यो गाई अरु नै कसैको नाममा बिमामा दर्ता भएको छ । फर्जी रुपमा गाई देखाएर अरुले नै नगरपालिकाको अनुदान लिने प्रकृया गरेको स्वयम् खत्रीले बताएका छन् ।
उनले उनकै छिमेकी बालकृष्ण बिष्टको सल्लाह बमोजिम ५ हजारको प्रलोभन देखाएर बिमाको टोलीलाई आफ्नो गाई अरुकै भनेर अनुदान लिन प्रकृया अगाडि बढाएको स्वयम शेरबहादुरेले बताए । उनले भने मेरो गोठको गाइ मैले कसैलाई बेचेको छैन, तर सरकारी रकम लिन अरुले प्रयोग गरे । गाइ मेरो गोठमा छ ।
गाई मेलै गत बर्ष किनेको हो । म स्वयम स्याहार गर्छु तर अनुदान अरुले खादैछ । मैले नै अनुदान पाउनु पर्छ उनले भने । सोही वडाका नेपाली कांग्रेसका जिल्ला सदस्य शंकर बस्नेतले जनप्रतिनिधिहरुले आफ्नो पार्टीका कार्यक्रर्तालाइ गाई बितरण गरेको आरोप लगाए ।
उनले भने तत्कालीन नेकपाको वडा संयोजकको परिवारको नाममा समेत गाई अनुदानमा नाम परेको छ । वडाका सम्पन्न मान्छे पनि परेको छ वास्तविक पाउनु पर्ने परिबारमा गाई परेको छैन । यता गाई अनुदान पाउने किसानले रकम नपाएको र यस्तो भएको भए छानबिन गरिने पशु शाखा अधिकृत विमल अधिकारीले बताए ।
कसैले अनुदानको रकम नपाएको र प्रकृया पूरा भएका मात्र परिवारले रकम पाउने तथा पु:न अनुगमन गर्ने अधिकारीले बताए । वराहक्षेत्र ८ का वडाध्यक्ष फडिन्द्र भट्टराईले वडामा सर्जिबिन गरेर मात्र रकम उपलब्ध गराउने बताए । विभेद र अनियमितता वडामा हुन नदिने उनले दाबी गरे।








