इनरुवा । सुनसरी सदरमुकाम स्थित रहेको इनरुवा जेसिजको ४१ औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । ‘शासन व्यक्तिको होइन, विधीको हुनु पर्दछ’ भन्ने नाराका साथ शुक्रवार इनरुवामा आयोजित इनरुवा जेसिजको ४१ औं पदस्थापन तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको हो ।

पदस्थापन कार्यक्रममा इनरुवा जेसिज वर्ष २०२४ का अध्यक्ष जेसी विकेश मेहताले वर्ष २०२५ का अध्यक्ष जेसी सत्यनारायण यादवलाई चेनसहित जेसिजको पदभार हस्तान्तरण गरेका थिए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा इनरुवा जेसिज १९९६ का अध्यक्ष राजीव कोइरालाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा बोल्दै इनरुवा जेसिज वर्ष २०२५ का अध्यक्ष यादवले आफ्नो कार्यकालमा नेतृत्व तथा व्यक्तित्व विकासमा मद्दत पुग्ने गतिविधिहरूलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।

कार्यक्रममा विभिन्न व्यक्तिले स्थापना गरेको पुरस्कारबाट समाजमा विशेष योगदान पु¥याउने व्यक्तिलाई सम्मानित गरिएको थियो ।
यसैगरी कार्यकारिणी उपाध्यक्षमा जेसी मिलन र जेसी सचिन यादब, कानुनी सल्लाहकार मा जेसी निस्चल कार्की, महासचिव जेसी सन्जय यादव, कोषाध्यक्ष जेसी विक्रम बिकाश गुप्ता, उपाध्यक्ष जेसी राहुल शाह, जेसी क्षितिज पोख्रेल, जेसी बिक्रम कुमार पौदार र जेसी आरिफ हुसेन चयन भएका छन ।

इनरुवा जेसिजको ४१ औं पदस्थापन तथा पुरस्कार वितरण समारोहमा नेपाली कांग्रेस सुनसरी सभापति तथा इनरुवा नगर प्रमुख केदार भण्डारी, पूर्व राज्यमन्त्री सिताराम मेहता, जिल्ला समन्वय समिती महासंघका केन्द्रीय सभापति राजन मेहता, हरिनगर गाउँपालीकाका अध्यक्ष गफार अन्सारी, सुनसरी प्रहरी प्रमुख लगायतको उपस्थिति रहेको थियो ।


एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ
सुनसरी जिल्लाको कोशी गाउँपालीका क्षेत्रबाट नेपाल प्रहरीले एक सय २३ दशमलव ५ केजी गाँजा सहित एकजना भारतीय नागरिक लाई पक्राउ...









