सुनसरी । सुनसरी जिल्लाको हरिनगर गाउँपालिका वडा नं – ७ मा बसोवास गर्ने एकजना महिला एक अविवाहित युवहलाई भगाएको सूचना प्राप्त भएको छ । सोहि वडा बस्ने एकजना खान थरका पुरुषसंग विवाह गरेकी ती महिलाले एकजना अन्दाजी १८/१९ वर्षका युवकलाई लिई फरार भएको जनाइएको छ ।
प्राप्त जानकारी अनुसार सोहि स्थान बस्ने खान थरकै युवकलाई लिई ती महिला घरबाट हिडेकोमा हालसम्म सम्पर्वबिहिन अवस्थामा रहेको बताइएको छ । डेढ वर्षका छोरा र अढाई वर्षकी छोरी लाई घरमै छाडी ती महिला फरार भएकी हुन् । घरबाट दुई लाख पैसा लिई आफ्नी श्रीमती फरार भएको उनका श्रीमानले संचारकर्मीलाई जानकारी गराएका छन् भने यसबारे विस्तृत जानकारी आउन बाँकी छ ।










