इनरुवा । सुनसरीका अग्रज नेता रामबहादुर बस्नेतको निधनमा नेपाली कांग्रेस पार्टीका महामन्त्री गगन थापाले दुख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । व्यस्तताका कारण आफैं श्रद्धाञ्जली दिन सुनसरी सदरमुकाम इनरुवा आउन न पाएपनि थापाद्धारा हस्ताक्षरित श्रद्धाञ्जली समवेदना नेपाली कांग्रेस पार्टीका महासमिति सदस्य मनोज कुमार साह नेतृत्वको टोलीले बस्नेतको परिवार लाई दिएको थियो ।

थापाद्धारा हस्ताक्षरित श्रद्धाञ्जली समवेदनामा “नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुनसरीका पूर्व सभापति, जिल्ला विकास समिति, सुनसरीका पूर्व सभापति रामबहादुर वस्नेतको २०८१ माघ ०७ गते ७८ वर्षको उमेरमा भएको निधनको खवरले अत्यन्त दुःखी छु । नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँले पुऱ्याउनु भएको योगदान सदा स्मरणीय छ।


उहाँको निधनले नेपाली काँग्रेसलाई अपुरणीय क्षती भएको छ। दिवंगत वस्नेतको आत्माको चीर शान्ति र वैकुण्ठबासको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।” भनिएको छ “साथै, शोकको यस घडीमा सम्पूर्ण शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु।”
सो अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगाना, कोशी गाउँपालीका अध्यक्ष, गाउँपालीका राष्ट्रिय महासंघ कोशी प्रदेश अध्यक्ष तथा नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ सभापति ऐयुब अन्सारी, महासमिति सदस्य वेदनारायण गच्छदार, दिपक राइ, जिल्ला समन्वय समिति सभापति राजन मेहता, नेपाली कांग्रेसका नेता संजय श्रेष्ठ, नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ (क) सभापति उपेन्द्र कटवाल लगायतको उपस्थिति रहेको थियो ।









