नेपाल विद्यार्थी संघ सुनसरी बहुमुखी क्याम्पसबाट स्ववियु अध्यक्ष पदको उम्मेदवार सुनिल कुमार मण्डल नेतृत्वको टोलीले मंगलवार मनोनयन दर्ता गराएका छन् ।

कोशी प्रदेश सभा सदस्य इस्राइल मन्सुरी, नेपाली कांग्रेस इनरुवा नगर सभापति राजन मेहता, भोक्राहा नरसिंह अध्यक्ष अजमल अख्तर, भोक्रहा नरसिंह सभापति युवराज दाहाल लगायत नेपाली कांग्रेस पार्टीका प्रभावशाली व्यक्तित्वहरु आफै उपस्थित भएर नेविसंघका उम्मेदवारहरुलाई मनोनयन पत्र दर्ता गराएको नेपाल विधार्थी संघ सुनसरीका उपसभापति सेराज हुसेनले जानकारी दिए ।

नेपाली कांग्रेस पार्टीले विभिन्न कालखण्डमा सुनसरी बहुमुखी क्याम्पसमा शिक्षा सुधारका साथसाथै भौतिक तथा अन्य समग्र क्षेत्रको विकासमा पुर्याएको योगदानको कदर विद्यार्थीहरुले यसपटक नेविसंघलाई भारी मतान्तरले विजयी गराउनेमा आफूहरु ढुक्क भएको उनको भनाइ छ ।

एकसय २३ केजी गाँजा सहित भारतीय नागरिक पक्राउ
सुनसरी जिल्लाको कोशी गाउँपालीका क्षेत्रबाट नेपाल प्रहरीले एक सय २३ दशमलव ५ केजी गाँजा सहित एकजना भारतीय नागरिक लाई पक्राउ...









