भारत सरकारको आर्थिक सहयोगमा सुनसरी जिल्लाको इनरुवा नगरपालिकास्थित श्री त्रिभुवन माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण हुने भएको छ। आज एक कार्यक्रमकाबीच विद्यालय भवनको शिलान्यास भएको हो । सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नं. ४ का सांसद एवं नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र बहादुर कार्की, काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तव र इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले संयुक्त रूपमा भवनको शिलान्यास गरे ।

‘नेपाल भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा दुई करोड ४८ लाख रुपैयाँको लागतमा उक्त विद्यालयको भवन निर्माण हुने जनाइएको छ । ‘नेपाल-भारत विकास सहयोग’ अन्तर्गत रहेको भारत सरकारको अनुदान दुई तल्ले विद्यालय भवन र अन्य सम्बद्ध सुविधाहरूको निर्माणमा प्रयोग हुनेछ । उच्च प्रभाव सामुदायिक विकास परियोजना एचआइसीडीपी को रूपमा यो परियोजना अगाडि बढेको भारतीय राजदूतावासले जनाएको छ। श्री त्रिभुवन माध्यमिक विद्यालय सन् १९५८ मा स्थापना भएको हो । नर्सरीदेखि कक्षा १२ तहसम्मका अध्यापन हुने यस विद्यालयमा ७५० विद्यार्थी अध्ययनरत छन् जसमध्ये आधाभन्दा बढि छात्रा रहेका छन् ।

भारतीय दूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले सन् २००३ यता भारत सरकारले नेपालमा ५६३ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालनमा ल्याएको बताए । कोशी प्रदेशमा ९१ वटा परियोजना रहेका छन् । यसका साथै भारत सरकारले हालसम्म नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थाहरूलाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कूल बस उपहारस्वरूप प्रदान गरिसकेको छ । जसमध्ये कोशी प्रदेशमा १४६ वटा एम्बुलेन्स र ४८ वटा स्कूल बस उपहारस्वरूप प्रदान गरिएको छ ।
सुनसरी प्रहरी : तस्करी नियन्त्रणमा आक्रामक
मुस्ताक आलम इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरी तस्करीमा आक्रामक देखिएको छ। सुनसरी प्रहरीले एक महिनामा ५७ लाख ६४ हजार ५५६ रुपैयाँको भन्सार...










