प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेस पार्टीका प्रभावशाली नेता ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली कांग्रेस कोशी गा.पा सभापति तथा वडा न ३ का वडा अध्यक्ष सुलेमान मन्सुरीको स्वास्थ्य अवस्था बुझेका छन् । गत शुक्रवार अस्वस्थ भई काठमाडौ स्थित मेडीसिटी हस्पिटल बाट उपचारपछि घर आइपुगेका मन्सुरीको स्वास्थ्य अवस्था बुझ्न सांसद कार्की बुधवार बिहान कोशी ३ स्थित पश्चिम कुसाहामा रहेको सभापति मन्सुरीको घर पुगेका थिए ।

सो अवसरमा कोशी प्रदेश सभा सदस्य इस्राईल मन्सुरी लगायतको उपस्थिति रहेको थियो । सांसद कार्कीले सभापति मन्सुरीको स्वास्थ्य अवस्था बुझ्दै स्थानीयवासीसंग विकास निर्माण कार्यबारे छलफल गरेका थिए ।

यसैबीच नेपाली कांग्रेस कोशी गा.पा सभापति तथा वडा न ३ का वडा अध्यक्ष सुलेमान मन्सुरीका भाई तथा नेपाली कांग्रेसका युवा नेता कुर्बान मन्सुरीको छोरीको बिहेमा विशेष कारणवश उपस्थित हुन नपाएको भन्दै सांसद कार्कीले बुधवार बेहुला बेहुलीलाई घरमै पुगेर आशिर्वाद दिएका छन् ।



इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








