सुनसरीकाे काेशी गाउँपालिका ८ निवासी २१ वर्षीय पत्रकार देवराज यादव माथि कुटपिट भएको छ । कोशी गाउँपालिका वडा-८ स्थित कोशी हेल्थ केयर हस्पिटलका सञ्चालक हरिनगर गाउँपालिका ५ बसन्तपुर निवासी ३२ वर्षीय सुबोध यादवले आफूमाथि होली दिन अर्थात् शुक्रवार राति अस्पतालमा भिडियो किन खिचेको भन्दै कुटपिट तथा दुर्ववहार गरेको पत्रकार यादवले गुनासो गरे ।
घटनापछि फेसबुक लाईभ गर्दै यादवले कुटपिट गरेको घटना बारे जानकारी गराएका थिए । हरिपुर भाण्टाबारी केन्द्रबिन्दु बनाएर पब्लिक खबर २४ अंनलाइन टेलीभिजन सहित विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार यादवलाई अस्पताल सञ्चालक सुवाेद यादवले कुटपिट गर्दै ज्यान मार्ने प्रयास गरेको आरोप लगाइएको छ । कुटपिटबाट घाइते पत्रकार यादवकाे सुनसरीको भाेक्राहा नर्सिङ गाउँपालिका ४ काे सप्तकोसी न्युरो अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।पत्रकार यादवले सामाजिक संजाल लाइभ मार्फत आफ्नो ज्यानको खतरा रहेको बताउदै आफुलाई सुबोध यादवले रक्सी खाएर कुटपिट गरेको आरोप लगाए । आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै पत्रकार यादवले सुनसरी प्रशासनसँग सुरक्षाको माग गरेका छन् ।
उता पत्रकार देवराज यादवलाई कुटपिट गरेको भनिएका काेशी हेल्थ कियर भाण्टाबारीका सञ्चालक सुवाेद यादव आफैं टाउमा चोट लागेर घाइते भई उपचाररत रहेको जनाइएको छ । घटनाको बारेमा सत्य तथ्य छानबीन गरी दोषी उपर कारबाही गर्न तथा भयरहित वातावरणमा पत्रकारिता गर्ने माहोल बनाइदिन नेपाल प्रेस युनियन सुनसरीका उपाध्यक्ष एवं जनसम्पर्क मिडिया प्रालीद्धारा संचालित आवर कोशी डटकमका संचालक मिकाइल आलमले माग गरेका छन् । यता संचारकर्मीसंग कुरा गर्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले घटनाको जानकारी आएको र जाहेरी अनुसार कारबाही गरिने हुने प्रतिक्रिया दिए ।








