इनरुवा । सुनसरी बहुमुखी क्याम्पस इनरुवामा सत्ता गठबन्धन नेविसंघ, अनेरास्ववियु र जनमत विद्यार्थी संघको तर्फबाट नेविसंघका सुनिलकुमार मण्डल सभापतिमा विजयी भएका छन् ।

मंगलबार भएको निर्वाचनमा मण्डलले १४५ मत ल्याउँदै प्यानल नै विजयी भएको हो । उनको प्रतिद्वन्द्वी समाजवादी विद्यार्थी युनियन नेपाल गठबन्धनका नितेश कुमार यादवले ११७ मत ल्याएका थिए ।

सचिव र कोषाध्यक्षसहित सबै पदमा सत्ता गठबन्धनकै उम्मेदवार निर्वाचित भएको हो । यसअघि उक्त क्याम्पसमा समाजवादी विद्यार्थी युनियनको गठबन्धनको प्यानलै जितेको थियो ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








