नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेबाट लागू हुने निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।
प्रवक्ता उपाध्यायका अनुसार पेट्रोल, जिडेल, मट्टीतेल तथा हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ बढेको छ । पेट्रोल, जिडेल, मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले बढेको हो।
बुधबार मूल्य बढेसँगै अब पेट्रोल प्रतिलिटर १२७ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य ११० रुपैयाँ भएको छ।










