सुनसरी जिल्लाको कोशी गाउँपालीका वडा नम्बर १ स्थित लौकहीमा माइक्रो र ओटो एक आपसमा ठोकिँदै दुर्घटना भएको छ ।

राजबिराज बाट बिराटनगरतर्फ यात्रु बोकेर जाँदै गरेको प्रदेश १-०२००१ ज ४०२८ नम्बरको माइक्रो र विपरित दिशाबाट आउँदै गरेको को २ ह ६८११ नम्बरको अटो एक आपसमा ठोकिएर मंगलवार अन्दाजी १०:३० बजेको समयमा दुर्घटना भएको स्थानीय प्रत्यक्षदर्शीहरुले जानकारी गराएका छन् ।

ठुलो परिणाममा चीनी लोड गरेको एउटै नम्बरका दुई प्रकारका नम्बर प्लेट रहेको पाइएको छ । नम्बर एउटै भएपनि अगाडि कालो प्लेट र पछाडि पट्टी रातो प्लेटमा नम्बर लेखिएको पाइएको हो ।

भारतीय बजार बाट भन्सार छलेर ल्याइएको चीनी हतार हतारमा गन्तव्य सम्म पुर्याउने प्रयासमा दुर्घटना भएको हुनसक्ने बुझिएको छ । माइक्रोमा सवार यात्रुहरु घाइते भई उपचाररत रहेको र घटनाको बारेमा यकिन विवरण आउन बाँकी छ ।

सुनसरी प्रहरी : तस्करी नियन्त्रणमा आक्रामक
मुस्ताक आलम इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरी तस्करीमा आक्रामक देखिएको छ। सुनसरी प्रहरीले एक महिनामा ५७ लाख ६४ हजार ५५६ रुपैयाँको भन्सार...










