सुनसरीको हरिनगर गाउँपालिका–५ बसन्तपुर स्थित बङाली टोलामा सोमबार भिषण आगलागी हुदा ६५ लाख बरावरको क्षति भएको छ । बिद्युत सर्ट भई भएको आगलागीमा १२ परिवारका २९ वटा घर पूर्ण रुपले जलेर नस्ट हुदा ६५ लाख बरावरको क्षति भएको सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिनुभयो ।

स्थानीय सिकन्दर अलि, जुबेर अलि, सब्बिर अलि, अबुहेलाल अलि, इम्ताज आलम, अशफाक अलि, इमशाक अलि, प्रवेज अलि, इर्फान मियाँ, फैयाज आलम र कैशर अलिको घर पूर्ण रूपमा जलेर नष्ट भएको स्थानीय नईम अंसारीले जानकारी दिनुभयो ।

त्यसैगरी नजाम मियाँ र नौशाद मियाँको घर अंसीक रुपमा क्षति भएको उहाँले बताउनुभयो । इस्लाम धर्मावलम्बीको महानपर्व ईद(इदुल फित्र) का दिन भएको आगलागीमा घर नष्ट हुनुका साथै घर भित्र रहेका खाद्यान्न, लत्ताकपडा, फर्निचरका सामग्री, गरगहना जलेर पूर्ण रुपले नष्ट भएको प्रहरी उपरीक्षक तिम्सिनाले जानकारी दिनुभयो ।

यसैबीच अग्नी पीडित परिवारलाई हरिनगर गाउँपालिका अध्यक्ष हाजी गफार अन्सारीले राहत सामग्री वितरण गर्नुभयो । पिडित परिवारलाई भुजा, चामल, दाल, च्युरा, तेल, त्रिपाल लगायतका सामग्री वितरण गरेको उहाँले जानकारी दिनुभयो ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








