इनरुवा । सुनसरी कोशी गाउँपालिका वडा नम्बर १ स्थित सशस्त्र प्रहरी बल नेपाल बिओपि लौकहीले प्रतिबन्धित लागू औषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरिएको छ ।

सशस्त्र प्रहरी बिओपी कार्यालय लाेकहीकाे मेन गेटमा ड्युटीमा खटिएको प्रहरी जवान नविन कुमार मण्डलले भारतबाट साईकलमा सवारभइ नेपालतर्फ आउदै गरेका जिल्ला सुनसरी ईनरुवा नगरपालिका वडा नम्बर ९ बस्ने बर्ष ३६ को जितेन चौधरीलाई शंका लागेकाे खण्डमा चेकजाँच गर्दा साईकलको हेन्डिल हत्ता भित्र लुकाई छिपाई राखेको १.५० ग्राम प्रतिबन्धित लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको हुँदा निज चाैधरीलाई नियन्त्रणमा लिएको थियो । चाैधरीकाे साथवाट नेपाली रकम दुई सय सठ्ठी रुपैयाँ, Itel मोवाईल १ थान र साईकल १ थान सहित थप अनुसन्धान तथा कानुनी कारवाहीको लागि ईलाका प्रहरी कार्यालय लौकहीमा बुझाएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








