लौकही । सुनसरी जिल्लाको कोशी गाउँपालीका क्षेत्रबाट सशस्त्र प्रहरीले ब्राउन सुगर सहित तीनजनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल (बिओपी ) लौकहीबाट इन्स्पेक्टर नारायणप्रसाद गौतम नेतृत्वको टोलीले भारतीय बजारबाट लुकाएर ल्याइएको ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित शनिवार तीनजनालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल सुनसरीका प्रमुख एसपी निर्मल थापाले जानकारी दिए ।
उनका अनुसार इन्स्पेक्टर गौतम नेतृत्वको टोलीले भारतीय बजारबाट नेपालतर्फ आएका धरान उ.म.न.पा. ०५ बस्ने वर्ष २६ का दिपेश रम्तेल र भोक्राहा नरसिंह गाउँपालीका ०५ वस्ने वर्ष २६ का रहिस मन्सुरीलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनीहरुबाट लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ प्लाष्टिक सहित तौल गर्दा २.३९ ग्राम फेला परेको हो ।
यसैगरी इन्स्पेक्टर गौतम नेतृत्वको टोलीले आजै भारतीय बजार बेलाहाबाट नेपालतर्फ आएका जिल्ला सुनसरी इटहरी म.न.पा. वडा नं. ०५ बस्ने वर्ष ३२ का सनम शेर्पालाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा खैरो हेरोईन जस्तो देखिने पदार्थ प्लाष्टिक सहित तौल गर्दा १.५३ ग्राम बरामद गरी आवश्यक कारबाही लागि नेपाल प्रहरीको जिम्मा लगाएको छ । लागूऔषध कारोबार न्युनिकरण तथा नियन्त्रण गर्न सीमामा सशस्त्र प्रहरी कटिबद्ध भई लागेको हुनाले पछिल्लो समय लागूऔषध कारोबारी धमाधम पक्राउ पर्न थालेको एसपी थापाको भनाइ छ ।









