पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले स्ववियुमा निर्वाचित विद्यार्थीलाई सम्मान गरेको छ। सोमबार इनरुवामा एक कार्यक्रमका बीच हालै सम्पन्न सुनसरी बहुमुखी क्याम्पस इनरुवामा निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा नेपाल विद्यार्थी संघ नेतृत्वको प्यानलबाट सभापतिमा निर्वाचित सुनिलकुमार मण्डल, उपसभापतिमा निर्वाचित अल्फेद अन्सारी, सचिवमा निर्वाचित निशा कार्की लगायत रहेका छन् ।
यस्तै सुनसरी बहुमुखी क्याम्पस इनरुवामा निर्वाचन प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा नेविसंघ जिल्ला उपसभापति सेराज हुसेन, नन्दन कुमार गुप्ता समेत नेता कार्कीबाट सम्मानित भएका छन् ।विद्यार्थी राजनीतिले सामाजिक रुपान्तरणमा महत्पूर्ण भूमिका रहने हुँदा असल र भविष्यमा कुशल नेतृत्व गर्ने क्षमता विकासमा जोड दिन लागि निर्वाचित विद्यार्थीहरुलाई नेपाली कांग्रेस पार्टीका प्रभावशाली केन्द्रीय सदस्य समेत रहेका कार्कीले शुभकामना दिएका थिए ।










