ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

कांग्रेस महाधिवेशन : नेतृत्वमा १२ को दाबी

आवर कोशी by आवर कोशी
असार १२, २०७८
कांग्रेस महाधिवेशन : नेतृत्वमा १२ को दाबी
32
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं  : नेपाली कांग्रेसको सभापतिका लागि १२ जनाले दाबी गरेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा मात्रै ८ जना दाबेदार छन्। सभापति शेरबहादुर देउवा पक्षमा देउवासहित विमलेन्द्र निधि र गोपालमान श्रेष्ठको दाबी छ। कृष्णप्रसाद सिटौलासमेत सभापतिको चर्चामा छन्।

शुक्रबार भएको पौडेल पक्षको भेलामा ८ जनाले सभापतिका लागि दाबी गरेका छन्। स्वयं पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, डा. शेखर कोइराला, सुजता कोइराला, अर्जुननरसिंह केसी, डा. रामशरण महतले दाबी गरेका छन्। यस्तै युवा नेता कल्याण गुरुङले पनि आफू सभापतिको उम्मेदवार हुने घोषणा गरे।

पौडेलले आफू एक पटक मात्रै चुनाव लड्ने भन्दै सहयोगका लागि आग्रह गरेका छन्। अब देउवा र पौडेलबाट नचल्ने भएकाले आफूलाई उम्मेदवार बनाउन अन्य नेताले आग्रह गरेका छन्। डा.शेखर कोइरालाले विगत लामो समयदेखि सभापतिका लागि भन्दै अभियान नै सञ्चालन गरिरहेका छन्।

आगामी १४ औं महाधिवेशनमा आफ्नो समूह एक भएर जानुपर्ने विषयमा पौडेल पक्षको भेलामा छलफल भएको थियो। आफ्नो समूह एक भएर चुनाव लड्नुपर्छ भन्ने विषयमा छलफल भएको नेता गुरुङले बताए। उनले भने, ‘तर निचोडमा पुगेको छैन, छलफल जारी छ।’ उनले जनचाहनाअनुसार नै युवा नेतृत्व गरेर आफू चुनावमा जाने बताए।

आगामी महाधिवेशनमा ५० प्रतिशत नयाँ महाधिवेशन प्रतिनिधि आउने भएकाले आफूलाई जित्न सजिलो हुने उनको दाबी छ। ‘५० प्रतिशत महाधिवेशन प्रतिनिधि नयाँ आउँछन्, पुराना राजनीतिक नियुक्तिलगायतका विषयमा भएको काखापाखाले नेतृत्वसँग रुष्ट छन्,’ उनले भने।
पौडेल पक्षको भेलामा क्रियाशील सदस्यताको छानबिनको कस्तो मापदण्ड बनाउने भन्ने विषयमा छलफल भएको युवा नेता गुरुङले जानकारी दिए।

निधि, कोइराला र सिंहबीच छलफल

त्यस्तै, पारिवारिक विरासतका उत्तराधिकारीका रूपमा रहेका नेपाली कांग्रेसको दोस्रो पुस्ताका तीन नेताले आगामी महाधिवेशनका लागि भन्दै छलफल चलाइरहेका छन्। शुक्रबार महामन्त्री डा. शशांक कोइराला निवास महाराजगन्जमा उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच महाधिवेशनको विषयमा छलफल भएको छ।

उपसभापति निधिले भने, ‘हामीबीच भइरहेको समन्वयलाई देशभरका साथीहरूले राम्रो प्रतिक्रिया दिनुभएको छ। हाम्रो पहलमा सबै खुसी छन्।’ पूर्वमहामन्त्री सिंहले त्यसका लागि सकारात्मक छलफल भइरहेको बताए। उनले भने, ‘समय आएपछि त्यो हुन्छ। एक÷दुई सिटिङमा नै सबै कुरा फाइनल हुँदैन। हामी सकारात्मक दिशातिर गइरहेका छौं। यो छलफललाई निरन्तरता दिनेछौं।’

यसअघि विमलेन्द्र निधिको निवासमा छलफल गरेका थिए।  निधि देउवा प्यानलमा छन् भने कोइराला र सिंह पौडल प्यानलमा छन्। महेन्द्रनारायण निधि पुत्र विमलेन्द्र, गणेशमान पुत्र प्रकाशमान र बीपी कोइराला पुत्र डा. शशांकको यो छलफलले कांग्रेस राजनीतिमा पछिल्लो समयमा हलचल नै उत्पन्न भएको छ। उनीहरूले १३ औं महाधिवेशनमा उम्मेदवार भएका देउवा, पौडेल र सिटौलालाई फेरि दाबी गर्न नदिने रणनीति बनाएका छन्। तीन जनाबीच सहमति गरेर पावर सेयरिङ गर्ने रणनीतिमा पनि उनीहरू छन्।

Related Posts

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

by आवर कोशी
फाल्गुन ७, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै
प्रदेश

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

Read more
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२
सुनसरी ४ मा त्रिपक्षीय प्रतिस्पर्धा

सुनसरी ४ मा त्रिपक्षीय प्रतिस्पर्धा

फाल्गुन ३, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1651 shares
    Share 660 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    695 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    562 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    520 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    380 shares
    Share 152 Tweet 95
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.