नेपाल ल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्ष पदमा नेविसंघबाट मोहम्मद माजिद प्रवेजले उम्मेदवारी दिएका छन् । यही वैशाख ८ गते हुन लागेको स्ववियु निर्वाचनमा नेविसंघले प्रवेजलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । सभापतिका उम्मेदवार प्रवेज एलएलएम पाँचौं सेमेस्टरमा अध्ययनरत छन्।
नेविसंघले सचिव पदमा मनमोहन भट्ट र कोषाध्यक्ष पदमा विधिशा मिश्रलाई उम्मेदवार बनाएको नेविसंघका केन्द्रीय प्रवक्ता सुरज सेजुवालले जानकारी दिए । नेपाली कांग्रेस पार्टीको भातृ संगठन नेविसंघले मुस्लिम समुदायका योग्य, कर्मठ र बिधार्थीको हकहितमा सदैव आवाज उठाउने व्यक्तिलाई उम्मेदवार बनाएको हुनाले नेविसंघले जितमा आफू पूर्ण विश्वस्त रहेको नेपाल ल क्याम्पस काठमाडौंमा अध्ययनरत सुनसरी भोक्राहा नरसिंह ८ का खालिद अन्सारीको भनाइ छ ।








