सुनसरी । जिल्लाको सीमा नाकामा सशस्त्र प्रहरीले चेकजाँचमा कडाइ गरेको छ ।सुरक्षा संवेदनशीलता लाई दृष्टिगत गर्दै जिल्लाको सबै सीमा नाकामा चेकजाँचमा कडाइ गरेको सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाले जानकारी दिए । भारतको जम्मु कश्मीर राज्यको पहलगाममा भएको आतंककारी हमलापछि सुनसरी जिल्लाको सीमा क्षेत्रमा सशस्त्र प्रहरीले निगरानी बढाएको बुझिएको छ।

खुला सीमाका कारण कुनै किसिमका अवाञ्छित गतिविधि हुन नदिन निगरानी बढाएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । सुनसरी जिल्लाको भण्टाबारी, लौकही, उल्टी सहितका सीमा नाका भई आवतजावत गर्नेहरुको पहिचान पत्र चेकजाँच गर्ने देखि लिएर पछिल्लो समय सशस्त्र प्रहरीले भारतीय एसएसबी संग मिलेर संयुक्त तवरबाट नियमित गस्ती गर्दै आएको प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुरका इन्चार्ज सशस्त्र प्रहरी नायब उपरिक्षक केदार जंग थापाले जानकारी दिए ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








