ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

“राजनीति : मूल्यहीनताको महासागर”

आवर कोशी by आवर कोशी
साउन १७, २०८२
“राजनीति : मूल्यहीनताको महासागर”
22
SHARES
Share on FacebookShare on Twitter

सन् १९७४ मा निर्मित एउटा हिन्दी फिल्म छ, ‘इमान’। फिल्ममा एउटा पात्रले सोध्छ, ‘इमान के हो?’ अर्काले जवाफ दिन्छ, ‘इमान त्यो हो, जुन सबैले अरूमा खोज्छन्।’ यो संवादले आजको नेपाली समाजको वास्तविकता बोलेको छ । राजनीतिक अस्थिरता सबै प्रकारका अस्तव्यस्तताको जननी हो, त्यसैले यसको निराकरण गर्दै समृद्ध नेपाल निर्माणको दिशामा अगाडि बढ्न सबै राजनीतिक शक्ति राष्ट्रिय स्वार्थमा एक हुन जरुरी छ। 

नेपाली राजनीतिको विशेषता हो- आक्रोश बाट शुरू भएर आक्रोश मै शान्त हुने। आक्रोशको जननी हो वर्तमान प्रतिको निराशा। अवश्य पनि संसारका हरेकजसो राजनीतिक परिवर्तनको शुरूआत निराशा र आक्रोश बाटै भएको छ। ‘फ्रान्सेली क्रान्तिपछि राष्ट्रवाद देखि आतङ्कवाद सम्मका राजनीतिका नयाँ रूपहरू निराश मानिसले नै स्थापित गरेका हुन्’ (एज अफ् एङ्गर, पृ. २)। उद्धृत वाक्यले नै भन्छ, निराशाको अभिव्यक्ति आफैंमा सधैं सही समाधान होइन। निराशा बाट सिर्जना हुने आक्रोशको सही प्रस्तुतिले मात्र ठोस निष्कर्ष दिन्छ। नभए व्यवस्था फेरिन सक्छ, तर राज्यको मूल चरित्र फेरिंदैन। पात्रहरू फेरिन सक्छन्, गाथा फेरिंदै न।

ईतिहासका बिभिन्न कालखण्डमा शासक वर्गले जनतामाथि गरेका अत्याचारको बिषयमा पढ्न र सुन्न पाईन्छ!अमेरिकामा गोरा जातिले काला जातिलाई गरेका अमानविय ब्याबाहार होस् वा हिटलर र मुसोलिनी जस्ता शासकहरूले जनतामाथी गरेका अत्याचारका कुरा हुन्। संसार नैतिकता र बिश्वासले अडेको छ। धर्म संस्कृति सबैमा नैतिकता चाहिन्छ। सवै नीतिको नीति राजनीतिमा नैतिकता चाहिन्छ। नैतिकता बिनाको राजनीतिको कल्पना गर्न सकिँदैन तर नेपाली नेताहरुमा देखिएको सत्तामोहको कारण नैतिकतमा ह्रास आएको छ। पदको लागि नेताहरु नैतिकता बेचिरहेका छन्।

बिपी कोइरालाले स्थापना गरेको कांग्रेस अब कांग्रेस रहेन। त्यस्तै पुष्पलाल र मनमोहन अधिकारीले स्थापना गरेको नेपाल कम्युनिष्ट पार्टीको सिद्धान्त र आदर्शबाट एमाले विमुख भएको छ। रामराजा प्रसाद सिंह र गजेन्द्र नारायण सिंहले देखाएको कोरेको बाटोमा मधेशवादी दल हिँडेको पाइँदैन। नयाँ शक्ति र वैकल्पिक राजनीतिको नाममा उदय भ‌एका दलहरूको रवैया पनि उस्तै छ । यिनीहरूको मुल सिद्धान्त के हो भने नै थाहा छैन। सबै दल आफ्नो सिद्धान्तबाट ओरालो लागिसकेका छन्। 

नेताहरु सत्ता स्वार्थमा लिप्त हुँदा कहिले कुन दलसँग त कहिले कुन दलसँग साझेदारी गरी सत्तामा टिकिरहने प्रपञ्चमा रहन्छन्। फलस्वरुप देशको राजनीति, अर्थनीति, धर्मनीति, समाजनीति, परराष्ट्रनीति र संस्कृति सबै नराम्रोसँग खस्किएको छ भने देश शून्यतामा रहेको छ।
सधैं सत्ता र स्वार्थमा लिप्त हुँदा ठूला र पुराना भनिएका दलहरुप्रति जनताको वितृष्ण बढ्दो छ।

सधैं सरकारमा बसिरहने तर जनहीतमा केही पनि काम गर्न नसक्ने प्रवृत्ति कायम रहेसम्म मुलुक र जनताको हित हुँदैन भन्ने सामान्य चेत नहुँदा राजनीतिप्रति नै जनताको वितृष्णा बढ्न थालेको हो। बेलगाम भएका ठुला पार्टी नैतिक कर्मबाट स्खलित भइरहने प्रवृत्तिले आज देशको राजनीति र नैतिकता हराएका जस्तो देखिएका छन्। 

नेपालको राजनीति लामो समयदेखि अस्थिर रहँदै आएको छ । अत्यन्त अल्पअवधिमा सरकार परिवर्तन भइरहेको छ । नेपाली राजनीतिको विशेषता नै अत्यन्त छिट्टो सरकार गठन र विघटन हुनु हो । २०४६ सालको राजनीतिक परिवर्तनपश्चात् नेपालका सचेत नागरिकले आर्थिक संवृद्धिको अपेक्षा गरेका थिए । राजनीतिक स्थिरताको नेपाली चाहना पूरा हुने अपेक्षा गरिएको थियो । तर, नेपालका राजनीतिक दलको विशेषता सरकार ढाल्नु र साना दलसँग सौदाबाजी गरी नयाँ सरकार गठन गर्नु बन्दै गएको छ । राजनीतिक अस्थिरताका कारण नेपालको आर्थिक वृद्धि र आर्थिक विकासमा नकारात्मक प्रभाव परिरहेको छ । वर्तमान संविधान जारी भएपछि राजनीतिक स्थिरताको अपेक्षा सबैले गरेका थिए, तर यो अवस्था अधिक रूपमा बिग्रिन पुगेको छ । राजनीतिक स्थिरता हुने सम्भावनासमेत देखिएको छैन । 

नेपालमा सधैँ शासनभन्दा कुशासन बढी भएको छ। नेपाली जनताले विगत अढाई सय वर्षदेखि भिन्नभिन्न राजनीतिक व्यवस्थालाई बेहोर्दै आएका छन् र राज्य सञ्चालनको विषय एउटा प्रमुख मुद्दा रहँदै आएको छ। राज्य सञ्चालनको सङ्कटको सुरुवात राजतन्त्रात्मक व्यवस्था अन्तर्गतको एकात्मक प्रणालीमा भएको थियो। त्यस्तो व्यवस्थामा राज्यशक्ति निश्चित शक्तिशाली उपल्लो वर्गमा खुम्चिएको थियो। तर यो अवस्था सन् १९९० मा बहुदलीय प्रजातन्त्र स्थापना भएपछिका वर्षहरूमा पनि कायम नै रह्यो। त्यसैले यस्तै सन्दर्भमा अन्त कतै भनिएझैँ नेपालमा प्रजातन्त्र ‘जनतासँगभन्दा पनि मूलतः राज्यशक्तिमा पहुँचसँग जोडिएको छ’ ।

राजनीतिक नेतृत्व र दलहरूले राजनीतिक प्रक्रियामा आफ्नो भूमिकाबारे गम्भीरतापूर्वक विमर्श गरेर आगामी दिनमा आममानिसको विश्वास जित्न सक्ने नयाँ पहल थाल्ने उपयुक्त समय हो यो। 

चाहना प्रबल तर भेट्टाइने सम्भावना कम रहेको कुराबारे चर्चा गरेर रमाउनु मानवीय प्रवृत्ति हो । सत्ता राजनीतिको खेलमा जालझेल जहाँसुकै पनि स्वाभाविक मानिन्छ र नेपाल त्यस मामिलामा अपवाद होइन । नृजातीय वर्चस्व, बहुसंख्यकवादी दम्भ, आफन्तवादी व्यवहार एवं चाकर पुँजीवाद शाह–राणा अधिनायकवाददेखि गणतन्त्रसम्म नेपालको शासकीय चरित्र रहँदै आएको छ । सामान्यजनलाई अधिकारसम्पन्न बनाउने सबैजसो संघर्षहरू अन्ततः सम्झौतावाद, समर्पणवाद एवं पलायवाद हुँदै भाग्यवादमा टुंगिने गरेको कुरा नांगै आँखाले देख्न सकिन्छ, आदर्शवादको चस्मा लगाउनु पर्दैन । खोजी भने राजनीतिमा नैतिकताको हुन्छ । 

नेपाली जनताको चाहना र देशको आवश्यकता हो, राजनीतिक स्थिरता। यसले नै आर्थिक उन्नयन, दिगो विकास र अमनचैनको ढोका खोल्छ। तर, त्यो चाहना अधुरै रहँदै आएको छ। मुलुकलाई राजनीतिक अस्थिरताले छोडेको छैन। फलतः विकास, समृद्धि र परिवर्तनको दिशामा मुलुक अगाडि बढ्न सकेको छैन। प्रजातन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुग्दा त्यसको अनुभूति आम जनमा हुनसकेको छैन। सरकारको गैरजिम्मेवार कामकारबाही र अव्यवस्थाप्रति नागरिक असन्तुष्टिले राजनीतिक अस्थिरताको बाटो खनिरहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीमा हदैसम्मको सत्तामोह देखियो। आफ्नै दलभित्रको शक्ति समीकरणको द्वन्द्वमा सरकार कमजोर हुँदैछ । अधिकारको दुरुपयोग गर्नमा सरकार प्रमुख अत्यन्त अभ्यस्त हुँदै गर्दा सिरियाको जस्तै शासनको अनुभूति नेपालमा गर्नुपर्ने अवस्था छ। द्वन्द्व आमन्त्रण गर्ने, संक्रमणकालीन अवस्थालाई निरन्तरता दिने र अस्थिर सरकार एवं राजनीतिक अवस्था सिर्जना गर्न सत्तारूढ दलमा पनि विशेष गरी प्रधानमन्त्रीको आसक्तिले सीमा नाघेको छ। ओली आज जहाँ छन्, उनी बाटोभरि मूल्य, मान्यता, नैतिकता, शिष्टता र मर्यादाका सीमाहरू उल्लंघन गर्दै त्यहाँसम्म पुगेका हुन् । 

अत्यन्त कठिन परिस्थितिबाट उम्किएर सत्ता राजनीतिको शीर्षमा पुगेका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीमा तर्क र भावना मिसाएर श्रोतालाई लठ्ठ पार्ने गजबको क्षमता छ ।
देशमा भ्रष्टाचार व्याप्त छ। भ्रष्टाचारीको अनुहार हेर्दिनँ भन्ने प्रधानमन्त्री नै भ्रष्टाचारी र बिचौलियाको रक्षात्मक पंक्तिमा तत्काल खडा हुन पुग्छन्। वाइडबडी, ललिता निवास, ओम्नी, बूढीगण्डकी, सीसीटीभी र मधेशमा साइकल वितरण जस्ता मुख्य काण्डमा जोडिएका नेता कोही पनि जवाफदेही हुनु परेन । भ्रष्टाचार जस्ता कुरा आए पनि त्यस विषयमा छानबिन र कारबाही गर्न सरकारी सक्रियता शून्य छ, स्मरणीय के छ भने भ्रष्टाचारमा शून्य सहनशीलताको कुरा गर्ने सरकार यही हो। सरकारी क्रियाकलापले भ्रष्टाचारलाई संस्कार र दैनिकीकै रूपमा ग्रहण गरिरहेको देखाउँछ। 

नैतिकता कै कारण अहिले दलहरुबीच बढ्दै गएको आन्तरिक वैमनष्यता भुसको आगोझैं दन्किरहेको छ। देख्लास् र पख्लास्को राजनीतिमा नेपाली जनता नराम्ररी पिल्सिएका छन्। स्वार्थ मिलेमा सहमति, सहकार्य, एकताको रटान गर्दै सहमति गर्छन्। स्वार्थ नमिलेमा बखेडा झिकेर राजनीतिक अराजकतालाई मलजल गर्न अभ्यस्त भइसकेका छन्। जनता, राष्ट्र र राष्ट्रियताका लागि फाइदाजनक के छ भनेर सामूहिक छलफल र निष्कर्षमा पुग्नुको साटो आफू र आफ्नो गुटको मान्छेलाई कसरी पदमा ल्याउने भन्ने दाउमा राजनीतिकदलका नेताहरु अल्झिरहेका छन्, जसलाई राजनीतिक दलभित्र बढ्दै गएको तीव्र तृष्णा मान्न सकिन्छ।

नेपाली समाजमा लामो कालखण्डदेखि चाकरी, चाप्लुसी, नजराना, कोसेलीपात र उपहारका नाममा भइरहेको लेनदेनलाई राजनीतिले परिवर्तन गर्न सक्नुपर्थ्यो। तर, राजनीतिक नेतृत्व आफैं नैतिक र इमानदार नहुँदा समाजमा विद्यमान गलत अभ्यास र प्रवृत्तिले राजनीतिलाई नै आफू अनुकूल उपयोग गरिरहेका छन्। समाजका सदस्यहरूले राजनीतिमा लागेर इमान र निष्ठाका साथ काम गरिरहेकाहरूलाई भन्दा धेरै पैसा भएको, चुनावमा ठूलो रकम खर्च गर्न सक्ने, कार्यकर्तालाई नगद बाँड्न सक्नेलाई सम्मानित र शक्तिशाली मान्ने गरेका छन्। समाजमा आदर्शभन्दा पैसालाई महत्त्व दिने प्रवृत्ति बढ्दै जाँदा राजनीति भ्रष्ट र बेइमानहरूको कब्जामा पुगेको छ। जसले भ्रष्टाचारको पारो तीव्र गतिमा बढाएको छ। यो स्थितिमा राजनीतिले समाजलाई इमान र नैतिकताको बाटोमा हिंडाउन नेतृत्व लिने अपेक्षा राख्नु नै असान्दर्भिक बनेको छ। 

राजनीतिमा इमान, नैतिकता, सदाचार, पारदर्शिता, वचनमा पक्का लगायतका गुणको अपेक्षा राखिन्छ। तर, नेपालको पछिल्लो राजनीतिक परिदृश्य नियाल्ने हो भने अपवाद बाहेक इमानदारहरू राजनीतिबाट जहिल्यै पाखा लगाइएका छन्। जसको कारण राजनीति बदनाम हुन पुगेको छ। देशको सामाजिक, आर्थिक, सांस्कृतिक रूपान्तरणको नेतृत्व लिनबाट राजनीति नराम्रोसँग चुकेको छ। 

जम्बो मन्त्रिमण्डल, महँगा गाडीको सुविधा, सरकार जोगाउन सांसद तथा मन्त्रीलाई सरकारी पैसामा विदेश भ्रमण, रातो पासपोर्ट बिक्री तथा दुरुपयोग, ललिता निवास प्रकरण, नेपाल वायुसेवा निगमभित्रका विभिन्न काण्ड, सुन तस्करी, सांसद किनबेच, विभिन्न भ्रष्टाचार काण्डमा राजनीतिक दलका शीर्ष नेताहरूकै संलग्नता लगायतका घटनाक्रमले नेपाली राजनीतिको नैतिकताहीन तस्वीर प्रष्ट्याउँछ। यस्ता घटना एकपछि अर्को भइराख्ने तर राजनीतिक शक्ति र पहुँचको आधारमा कारबाहीबाट जोगिने विकृत अभ्यास गणतान्त्रिक शासन व्यवस्थामा पनि चलिरह्यो।

अस्थायी जिन्दगीमा पद–प्रतिष्ठा सबै अस्थायी नै हुन्छन् । व्यक्ति आगामी पुस्ताका लागि कस्तो शिक्षा छाडेर बिदा हुन्छ, त्यो मात्रै स्थायी हुन्छ । आज प्रधानमन्त्रीको कुर्सीमा दुई–चार दिन बढी टिक्न मरिहत्ते गरिरहनुभएका ओलीलाई म कृष्णप्रसाद भट्टराईको जीवनी पढ्न सार्वजनिक आह्वान गर्छु । भट्टराईको सादगी र नैतिकताको स्मरण मात्रै गर्दा पनि बन्द भएको प्रधानमन्त्री ओलीको विवेकको ढोका खुल्न सक्छ कि भन्ने सानो अपेक्षा राखेर मैले यो अनुरोध गरेको हुँ । कृष्णप्रसाद भट्टराईको जीवन ओलीले मात्रै होइन, चरम अनैतिकताको हुरी चलिरहेको यो समयमा हामी सबैले पढ्न जरुरी छ । नैतिकताको उज्यालोले नै आजका सम्पूर्ण अनैतिक अन्धकारलाई परास्त गर्न सक्छ ।

नेतृत्वको मनोमानीबाट विकसित पार्टी जीवनमा अहिले देखिइरहेको संकटको समयमै उचित समाधान नखोज्ने हो भने यसले भोलि पनि देशमा अस्थिरता पैदा गरिरहने निश्चित छ । अहिलेको परिणामका कारण खोजेर त्यसलाई निराकरण नगर्ने हो भने, दुःखले बनाएको संविधान, संसद् र लोकतन्त्रको आपराधिक हत्या आगामी पुस्ताले पनि हेरि रहनु पर्नेछ । ओली प्रवृत्ति केवल व्यक्तिको नभई पार्टी संरचनाको समेत सवाल हो । हाम्रा पार्टी संरचनाभित्रैबाट बारम्बार ओलीहरू किन जन्मिरहन्छन् ? हाम्रा पार्टीहरू कसरी बन्छन् र कसरी भत्किन्छन् ? पार्टी एकता कसरी हुन्छ ? एकता हुँदा बाहिर के देखाउँछन् र भित्र के–के पाकिरहेको हुन्छ ? नैतिकतालाई लत्त्याउनेहरू पनि पार्टीमा कसरी बलियो हुन्छन् ? 

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1653 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    697 shares
    Share 279 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    375 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.