नेपाली कांग्रेस कोशी गाउँपालिका कार्यसमिति द्वारा आयोजना गरिएको गाउँपालिका सम्मेलन एक भव्य समारोहका बीच सम्पन्न भएको छ ।

उक्त कार्यक्रम नेपाली कांग्रेस कोशी गाउँपालिका कार्यसमिति सभापति सुलेमान मन्सुरीको अध्यक्षता एवं नेपाली कांग्रेसका केन्द्रीय नेता एवम् पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको प्रमुख आतिथ्यमा शुक्रवार सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाली कांग्रेस सुनसरी क्षेत्र न.४ का सभापति तथा कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारी, कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल, कोशी प्रदेश सभा सदस्य इस्राईल मन्सुरी,हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी लगायत अतिथिहरु उपस्थिति कार्यक्रम सम्पन्न भएको हो ।

सबैको सक्रिय उपस्थिति, अमूल्य सुझाव र मार्गदर्शनले उक्त सम्मेलनलाई ऐतिहासिक महत्व प्रदान गरेको भन्दै कार्यक्रमका प्रमुख अतिथि पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सबैजना मिलेर पार्टीलाई थप मजबुत बनाउन लाग्नुपर्ने जोड दिए । आफू भाषण गर्ने नेता नभई काम गरेर देखाउने व्यक्ति भएको हुनाले सुनसरी क्षेत्र न.४ का जनताले लगातार दोस्रोपटक विश्वास गरी निर्वाचित गराएको उनको भनाइ छ ।


इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








