सुनसरी जिल्लाको कोशी गाउँपालीका क्षेत्रबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले ठुलो परिणाममा गाँजा बरामद गरेको छ । संयुक्त टोलीले आइतवार अबेर राति जिल्लाको कोशी गाउँपालिका ७ स्थित हरिपुरको केराबारीबाट पाँच सय ३७ केजी बढी गाँजा सहित एकजना लाई नियन्त्रणमा लिएको हो ।

गाँजा तस्करी भइरहेको भन्ने विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल,नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म हरीपुर भण्टाबारीबाट डिएसपी केदार जंग थापा र इलाका प्रहरी कार्यालय भण्टाबारीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक पुण्यप्रसाद अधिकारी नेतृत्वको टोलीले हरिपुरको केराबारी स्थित धान खेतमा लुकाई छिपाई राखिएको अवस्थामा १३ वटा प्लाष्टिकको पोकामा लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ५३७.१४० केजी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी योगराज खतिवडाले जानकारी दिए । सोहि क्रममा कोशी ७ स्थित हरिपुर ७ बस्ने बर्ष ४५ को दिनेश यादवलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








