ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

सुनसरीमा प्रहरी प्रमुखकै ह्वाट्सएप अकाउन्ट ह्याक

आवर कोशी by आवर कोशी
अशोज २६, २०८२
सुनसरीमा प्रहरी प्रमुखकै ह्वाट्सएप अकाउन्ट ह्याक
30
SHARES
Share on FacebookShare on Twitter

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुखको ह्वाट्सएप अकाउन्ट ह्याक भएको छ। ह्याकरले प्रहरी प्रमुखकै नाममा रहेको सो नम्बर प्रयोग गरी स्थानीय व्यापारी र सर्वसाधारणलाई म्यासेज पठाई रकम माग्ने कार्य भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार, प्रमुखले प्रयोग गर्दै आएको ९८५२०८५५५५ नम्बरको ह्वाट्सएप अकाउन्ट गत शुक्रबार राति करिब ८ः४५ बजे ह्याक भएको हो। ह्याकपछि सो नम्बरबाट व्यापारीहरूलाई विभिन्न बहानामा रकम माग्ने म्यासेज पठाइएको पाइएको छ।

‘जुम मिटिङ गर्ने भन्दै फोन आएको थियो’ प्रहरी उपरीक्षक केशवकुमार थेबेका अनुसार, ह्याकिङको प्रारम्भिक कारण विदेशबाट आएको फोनसँग सम्बन्धित हुनसक्छ।“गत शुक्रबार मेरो नम्बरमा नेपालबाहिरबाट फोन आएको थियो। फोन गर्नेले ‘कोशीको सम्बन्धमा जुम मिटिङ गर्नु छ’ भने। सुरुमा केही शङ्का लाग्यो, तर केही समयमै मेरो ह्वाट्सएप अनधिकृत रूपमा प्रयोग हुन थालेको देखेँ र ह्याक भएको पुष्टि भयो,” उनले भने। थेबेले भने, “ह्याकिङ कसरी र कहाँबाट भयो भन्ने प्राविधिक विवरण सङ्कलन भइरहेको छ। सो फोन कलको स्रोत, लगइन समय र प्रयोग भएको डिभाइस पहिचान गर्न साइबर ब्युरो र सेवा प्रदायकसँग समन्वय भइरहेको छ।”उनका अनुसार, हालसम्म ह्याकर कुन स्थान वा देशमा रहेको हो भन्ने यकिन हुन बाँकी छ। तर प्राविधिक ट्रेसिङ तीव्र गतिमा भइरहेको र ह्याकरको पहिचानका लागि साइबर ब्युरोसँग सहकार्यमा अनुसन्धान अघि बढाइएको उनले बताए। व्यापारीहरूसँग रकम माग्दै ह्याकर सक्रिय घटनापछि सुनसरीका केही व्यापारीहरूले प्रहरी प्रमुखकै नाममा रकम मागिएको म्यासेज प्राप्त गरेको बताएका छन्।

झुम्काका एक ब्यापारीले भने, “ह्वाट्सएपमा प्रहरी प्रमुखकै प्रोफाइल फोटोसहित म्यासेज आएको थियो। सुरुमा विश्वास गरेँ, तर रकम पठाउनुअघि प्रत्यक्ष सम्पर्क गर्दा ह्याक भएको थाहा पाएँ।”प्रमुख थेबेले पनि व्यापारी तथा सर्वसाधारणहरूलाई त्यस्ता म्यासेजमा नफस्न आग्रह गर्दै भने, “कति जनाले यस्ता सन्देश प्राप्त गर्नुभयो भन्ने विवरण सङ्कलन भइरहेको छ। सबै म्यासेज र रकम मागिएको विवरणको प्रमाण सुरक्षित राख्ने कार्य भइरहेको छ।”रु. २० हजारदेखि ६० हजारसम्म रकम मागिएको सूचना
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक योगराज खतिवडाका अनुसार, ह्याकरले व्यापारी र अन्य व्यक्तिहरूलाई रु.२० हजारदेखि ५०–६० हजार रुपैयाँसम्म रकम माग्ने गरेको सूचना प्राप्त भएको छ।“कहिलेकाहीँ ‘केही समयमा फिर्ता गरिदिन्छु’ भन्ने बहानामा रकम मागिएको सन्देश प्राप्त भएको छ,” खतिवडाले बताए। साइबर ब्युरोसँग समन्वयमा अनुसन्धान खतिवडाका अनुसार, ह्याक भएको नम्बर र प्रयोग गरिएको डिभाइस ट्र्याक गर्न सुरु गरिएको छ।“हामीले साइबर ब्युरोसँग प्रत्यक्ष समन्वय गरेर ह्याकरको आईपी एड्रेस, प्रयोग भएको सर्भर र सम्भावित स्थान पहिचान गर्ने कार्य अघि बढाएका छौँ,” उनले प्रदेशखबर संग भने। प्रहरीले ह्याकिङसम्बन्धी सन्देश प्राप्त गर्ने व्यक्तिहरूसँग प्रमाण सङ्कलन गरिरहेको छ। प्रभावित व्यापारीहरूबाट प्राप्त स्क्रिनसट, म्यासेज र कल विवरणहरू सुरक्षित राख्ने कार्य जारी छ। अनुसन्धानका क्रममा सन्देश पठाउने प्रयोगकर्ताको पहिचान हुने अपेक्षा गरिएको खतिवडाको भनाइ छ।

सावधानी अपनाउन प्रहरीको आग्रह

प्रहरीले ह्याक भएको नम्बरबाट पठाइएका सन्देशहरूमा विश्वास नगर्न र कुनै प्रतिक्रिया नदिन सबैलाई आग्रह गरेको छ।“यदि यस्तो सन्देश प्राप्त भएमा तुरुन्तै प्रहरीलाई जानकारी दिनुहोस्,” प्रहरीले विज्ञप्तिमार्फत जनाइएको छ। प्रवक्ता खतिवडाले प्रहरी अधिकारीहरूका डिजिटल माध्यमहरूमा यस्ता जोखिम बढ्दै गएको भन्दै साइबर सुरक्षा र सावधानीमा जोड दिनुपर्ने आवश्यकता रहेको बताए। उनले भने, “हामीले यस घटनाको विस्तृत अनुसन्धान तीव्र पारेका छौँ। साइबर अपराधमा संलग्न व्यक्तिलाई छिट्टै कानुनी कारबाहीको दायरामा ल्याइनेछ।”थप जानकारीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी निरीक्षक योगराज खतिवडा (मो. ९८५२०५४७२८) सँग सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ।

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1653 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    697 shares
    Share 279 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    375 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.