सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुनसरी जिल्ला स्थित नेपाल- भारत तिनकुनै नाकाको स्थलगत निरिक्षण गर्नुभएको छ । मंगलवार सुनसरी जिल्ला कोशी गाउँपालीका वडा नम्बर ८ स्थित रहेको नेपाल भारत सीमाको स्थलगत निरिक्षण गर्नुभएको हो । सोहि क्रममा उहाँले भारतीय सीमा सुरक्षा बल ( एसएसबी) का उच्च पदाधिकारसँगको संक्षिप्त भेटघाटको क्रममा आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन बारे जानकारी गराउनुभयो । निरीक्षणका क्रममा उहाँले कार्यरत फौजलाई उच्च मनोवल लिएर अटल र निर्भिकताका साथ कर्तव्य पूरा गर्न निर्देशन दिनुभयो ।

सुनसरी ४ : एमालेबाट कुशियैत उम्मेदवार
नेकपा एमालेले नेपाली कांग्रेस परित्याग गरेलगत्तै सुनसरी ४ बाट उम्मेदवार बनाएको अबुल हुसेन अन्सारीको उम्मेदवारी रद्द गरेको छ । जिल्ला...









