सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुनसरी जिल्ला स्थित नेपाल- भारत तिनकुनै नाकाको स्थलगत निरिक्षण गर्नुभएको छ । मंगलवार सुनसरी जिल्ला कोशी गाउँपालीका वडा नम्बर ८ स्थित रहेको नेपाल भारत सीमाको स्थलगत निरिक्षण गर्नुभएको हो । सोहि क्रममा उहाँले भारतीय सीमा सुरक्षा बल ( एसएसबी) का उच्च पदाधिकारसँगको संक्षिप्त भेटघाटको क्रममा आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन बारे जानकारी गराउनुभयो । निरीक्षणका क्रममा उहाँले कार्यरत फौजलाई उच्च मनोवल लिएर अटल र निर्भिकताका साथ कर्तव्य पूरा गर्न निर्देशन दिनुभयो ।

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...








