ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

नाकको अप्रेशन गर्न जाँदा गुम्यो आँखाको ज्योति

न्यायको खोजीमा पीडित परिवार

आवर कोशी by आवर कोशी
पुस २०, २०८२
नाकको अप्रेशन गर्न जाँदा गुम्यो आँखाको ज्योति
32
SHARES
Share on FacebookShare on Twitter

विराटनगर स्थित नोबेल मेडिकल कलेजमा नाकको सामान्य शल्यक्रिया गर्दा सात वर्षिय बालकको आँखाको ज्योति गुमेको घटनामा पीडित परिवारले न्यायको लागि अदालत गुहारेका छन् । अस्पताल र चिकित्सकको ‘ अक्षम्य लापरबाही ‘ का कारणले एउटा परिवार र अबोध बालक दुवैको भविष्य अन्धकारमय भ‌एको भन्दै पीडित परिवारले न्याय माग्दै शुक्रबार जिल्ला अदालतमा मोरङमा फिराद पत्र दर्ता गराएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा गठित छानबिन समितिका अनुसार वरिष्ठ चिकित्सकले सहायकका भरमा शल्यक्रिया गर्न खोज्दा नाकको सामान्य शल्यक्रिया गर्न पुगेका सुनसरीको इटहरी-१ हाँसपोसाका जेनिस पाठकको दाहिने आँखाको नसा काटिएर आँखाको ज्योति गुमेको हो । पीडित परिवरले नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल , अस्पताल सञ्चालक डा. सुनिल शर्मा र इएनटी रोग विशेषज्ञ द्वय डा. प्रज्वल श्रेष्ठ र डा. कविराज बास्तोलालाई समेतलाई प्रतिवादी बनाई फिराद पत्र दर्ता गराएका हुन् । मुलुकी देवानी संहिता २०७४ को परिच्छेद १७ को दफा ६२७ (१) र (२) बमोजिम उचित क्षतिपूर्ति र न्याय माग गरिएको पीडित तर्फका अधिवक्ता रविन्द्रकुमार भगतले जानकारी दिए । अदालतले मुद्दा दर्ता गरेसंगै फागुन ४ गतेको लागि पहिलो तारेख दिएको छ । 

पीडितका मामा श्रीकृष्ण प्रसाईंले बालकको जीवनभरको उपचार खर्च , मानसिक क्षति, भविष्यमा रोजगार गुमेको , पारिवार माथि परेको आर्थिक र मानसिक पीडा मूल्याङ्कन गर्दै १० करोड रूपैयाँ क्षतिपूर्ति माग गरिएको बताए । ‘ यो केवल एउटा आँखाको कुरा मात्र होइन, अस्पतालको चरम लापरवाहीको कारणले परिवारकै खुसी खोसिएको र एउटा अबोध बालकले संसारै देख्न नपाइने भ‌एर बाँच्नु पर्ने भ‌एकोले न्यायको लागि अदालत गुहारेका छौँ उनले भने ‘हामीले न्याय र बालकको उज्ज्वल र सुरक्षित भविष्यका लागि यो कानुनी लडाईँ सुरू गरेका छौं । ‘

यस्तो छ घटना

नाकमा मासु पलाउने समस्या भएपछि जेनिसलाई मामा श्रीकृष्ण प्रसाईंले ४ मंसिरमा विराटनगर-४ स्थित नोबेल शिक्षण अस्पताल पुर्‍याएका थिए। ५ मंसिरमा अस्पतालका वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ डा. प्रज्वल श्रेष्ठ र डा. कविराज बाँस्तोलासहितको टोलीले शल्यक्रिया गरेको थियो। तर, रोग निवारणका लागि गरिएको शल्यक्रियाले थप समस्या निम्त्यायो। अस्पतालबाट घर पुग्नासाथ बालकले आँखा देख्न छोडेको बताउन थाले। उनलाई तत्कालै विराटनगर आँखा अस्पताल (रानी) पुर्‍याइयो। “त्यहाँ परीक्षण गर्दा थाहा भयो, नाकको शल्यक्रिया गर्ने क्रममा बालकको आँखाको महत्त्वपूर्ण नसा नै काटिएको रहेछ। आँखा अस्पतालले ‘अब कहिल्यै ज्योति नफर्कने’ रिपोर्ट दिएपछि हामी त स्तब्ध भयौँ,” प्रसाईं भन्छन्।

विराटनगर आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ डा. मुकेश पाण्डेका अनुसार बालकको आँखाको अवस्था चिन्ताजनक छ। उनी भन्छन्, ‘अस्पताल ल्याउँदा आँखाको गेडी नचल्ने, आँखा र दिमाग जोड्ने नसाहरू निष्क्रिय भएको र आँखाको पर्दामा रगत पुर्‍याउने मुख्य नसा बन्द भएको अवस्था थियो। भविष्यमा आँखाको ज्योति आउने वा राम्रो देख्ने सम्भावना छैन।’ प्रसाईंका अनुसार आँखा अस्पतालको रिपोर्टपछि उनीहरूले जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएका थिए। बालककी आमा निर्मला पाठक दोषीलाई हदैसम्मको कारबाही र बालकको भविष्य सुरक्षित हुने गरी क्षतिपूर्ति नपाएसम्म कानुनी लडाइँ लडिरहने बताउँछिन्। 

यता, उजुरीपछि स्वास्थ्य मन्त्रालयले छानबिनका लागि ११ मंसिरमा वीर अस्पतालकी ईएनटी विभाग प्रमुख डा. अनिता जीसीको संयोजकत्वमा कोसी अस्पतालका डा. वरुण देव र जिल्ला प्रशासन कार्यालय मोरङका प्रशासकीय अधिकृत रामप्रसाद लुइँटेलसहितको तीनसदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिले २६ मंसिरमा प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनअनुसार शल्यक्रियाको नेतृत्व गरेका डा. प्रज्वल श्रेष्ठ बीचमै ‘अपरेसन थिएटर’ छाडेर निस्किएका थिए। प्रतिवेदनमा उल्लेख गरिएअनुसार ‘सिनियर डाक्टरले नै बीचमा छाडेर हिँडेपछि सहायक डाक्टरहरूको भरमा अपरेसन अघि बढ्यो, जसले गर्दा नाकको भित्री हड्डी निकालेर आँखाको नसा र रक्तनलीमा क्षति पुग्न गयो। यदि सिनियर डाक्टर त्यहाँ भइदिएको भए यो दुर्घटना टर्न सक्थ्यो।’

डा. श्रेष्ठले पनि आफू शल्यक्रियाको बीचमै निस्किएको स्विकारेका छन्। छानबिन समितिसँगको बयानमा उनले भनेका छन्, ‘अर्को अपरेसन थिएटरमा बिरामीको ज्यान बचाउन (इमर्जेन्सी ट्राकियोस्टोमी गर्न) म जानुपरेको हो। बाँकी शल्यक्रिया डा. कविराज बाँस्तोलाले कन्टिन्यु गर्नुभयो।’ श्रेष्ठका बयानका बावजुद समितिले शल्यक्रियाको बीचमै निस्कनु र बालकको संवेदनशील अंगमा क्षति पुग्नुलाई ‘अक्षम्य लापरबाही’ मानेको छ।

यता, जिल्ला प्रहरी कार्यालय मोरङले प्रतिवेदनका आधारमा आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन १ पुसमा नेपाल मेडिकल काउन्सिललाई पत्राचार गरिसकेको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला भन्छन्, ‘चिकित्सकसँग सम्बन्धित विषय नेपाल मेडिकल काउन्सिलले हेर्ने भएकाले हामीले निवेदकले दिएको जाहेरीसहितको सम्पूर्ण कागजपत्र र प्रतिवेदन काउन्सिललाई बुझाएका छौँ। अब आवश्यक कारबाही काउन्सिलले नै अघि बढाउनेछ।’

Related Posts

इस्राइल मन्सुरी : स्वास्थ्यकर्मीदेखि मन्त्रीसम्म

इस्राइल मन्सुरी : स्वास्थ्यकर्मीदेखि मन्त्रीसम्म

by आवर कोशी
पुस २२, २०८२
0

मिकाइल आलम सुनसरी । "समाजसेवी डाक्टर" उपनाम पाएका प्रदेशसभा सदस्य नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरी मन्त्री बनेका छन् ।सुनसरी...

चिनी नियन्त्रणमा लिन निहत्था नागरिकको छातीमा गोली !

by आवर कोशी
पुस १७, २०८२
0

बिहीबार राति पौने १ बजेतिर भारतीय सीमा नाकाबाट सुनसरीको कोशी गाउँपालिका–१ लौकही हुँदै तीन वटा रिक्सा (२ वटा अटो रिक्सा,...

सीमाको स्थलगत निरिक्षणमा आइजीपी अर्याल

सीमाको स्थलगत निरिक्षणमा आइजीपी अर्याल

by आवर कोशी
पुस १५, २०८२
0

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुनसरी जिल्ला स्थित नेपाल- भारत तिनकुनै नाकाको स्थलगत निरिक्षण गर्नुभएको छ । मंगलवार सुनसरी जिल्ला...

सुनसरी प्रहरी : तस्करी नियन्त्रणमा आक्रामक

सुनसरी प्रहरी : तस्करी नियन्त्रणमा आक्रामक

by आवर कोशी
कार्तिक ४, २०८२
0

मुस्ताक आलम इनरुवा ।  जिल्ला प्रहरी कार्यालय सुनसरी तस्करीमा आक्रामक देखिएको छ। सुनसरी प्रहरीले एक महिनामा ५७ लाख ६४ हजार ५५६ रुपैयाँको भन्सार...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

कृषी सहकारी संघ सुनसरीको साधारण सभा
स्थानीय समाचार

कृषी सहकारी संघ सुनसरीको साधारण सभा

by आवर कोशी
पुस २८, २०८२
0

इनरुवा । कृषी सहकारी संघ सुनसरीको साधारण सभा सम्पन्न भएको छ । सोमवार सम्पन्न कृषी सहकारी संघ सुनसरीको १४ औं...

Read more
इस्राइल मन्सुरी : स्वास्थ्यकर्मीदेखि मन्त्रीसम्म

इस्राइल मन्सुरी : स्वास्थ्यकर्मीदेखि मन्त्रीसम्म

पुस २२, २०८२
नाकको अप्रेशन गर्न जाँदा गुम्यो आँखाको ज्योति

नाकको अप्रेशन गर्न जाँदा गुम्यो आँखाको ज्योति

पुस २०, २०८२

चिनी नियन्त्रणमा लिन निहत्था नागरिकको छातीमा गोली !

पुस १७, २०८२
सीमाको स्थलगत निरिक्षणमा आइजीपी अर्याल

सीमाको स्थलगत निरिक्षणमा आइजीपी अर्याल

पुस १५, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1651 shares
    Share 660 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    693 shares
    Share 277 Tweet 173
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    562 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    520 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    379 shares
    Share 152 Tweet 95
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.