ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

इस्राइल मन्सुरी : स्वास्थ्यकर्मीदेखि मन्त्रीसम्म

आवर कोशी by आवर कोशी
पुस २२, २०८२
इस्राइल मन्सुरी : स्वास्थ्यकर्मीदेखि मन्त्रीसम्म
59
SHARES
Share on FacebookShare on Twitter

मिकाइल आलम

सुनसरी । “समाजसेवी डाक्टर” उपनाम पाएका प्रदेशसभा सदस्य नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरी मन्त्री बनेका छन् ।सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट लोकप्रीय मत सहित निर्वाचित भएका मन्सुरी वर्तमान हिक्कमत कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा उद्योग, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी पाएका हुन् ।

जागिरे जीवनमा स्वास्थ्यकर्मी भएर समाजमा दिएको योगदानका कारण जनताको रोजाईमा पर्न सफल व्यक्ति हुन मन्सुरी। समाजसेवाबाट राजनीतिमा लागेर स्वच्छ छवि बनाएका उनी जनताका समस्या समाधान गर्न कटिबद्ध भएर काम गर्दै आएको बताइन्छ । २०३२साल मंसिर १६ गते सुनसरी जिल्लाको साविक भोक्राहा गाविस वडा नम्बर ६ हाल भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ४ मा जन्मिएका हुन मन्सुरी ।उनको बुवाको नाम सुलेमान मियाँ र आमाको नाम हमिदन खातुनको हो ।बिए लिएर स्नातक गरेका मन्सुरी सुरु सुरुमा स्वास्थ्य क्षेत्र हुँदै समाजसेवीको छविमार्फत राजनीतिमा लागेका व्यक्ति हुन । २०४८ सालमा एसएलसी गरेका मन्सुरीले २०५१ सालमा अहेव उतिर्ण गर्दै  लाेकसेवा उतिर्ण गरी नेपाल सरकारकाे स्वास्थ्य मन्त्रालय अन्तर्गत २१ वर्ष ११ महिना स्वास्थ्य क्षेत्रमा काम गरेका थिए ।

कामको सिलसिलामा ४ वर्ष भाेजपुर स्वास्थ्य कार्यलय अन्तर्गत विभिन्न स्वास्थ्य चाैकी प्रमुख भइ काम गरेका उनी त्यसपछि भने लगभग १८ वर्ष स्वास्थ्य अन्तर्गत भाेक्राहा स्वास्थ्य चाैकी प्रमुख स्वास्थ्य क्षेत्रमा काम गरेका थिए । नेपालमा पहिलो पल्ट जनताकाे आवश्यकता र गरिबीकाे कारण सहज स्वास्थ्यमा पहुचको लागि (HOLLAND मा स्थापित) अन्तर्राष्ट्रिय गैरसरकारी संस्था “करूणा फाउन्डेसन” नामक संस्थासंग समन्वय गरी २०६६ सालमा “स्वास्थ्य बिमा कार्यक्रम” भाेक्राहा बाट सुरुवात गरेको बताउदै मन्सुरीले त्यसपछि भने उक्त कार्यक्रम ३ जिल्लामा सुरू भई हाल नेपाल सरकारबाट देशभरी स्वास्थ्य बिमा संचालनमा रहेकाे बताउँछन्  । आफू २०७३ सालमा सेवाबाट निवृत्त भई जनताकाे समस्याहरू समाधानकाे लागि काम गर्दै आएको परिणामस्वरूप जनताले आफ्नो पक्षमा मतदान गरेर विजयी बनाएको र अहिले मन्त्री बनेको उनको भनाइ छ ।

स्वास्थ्य क्षेत्रसँगसँगै नेविसंघबाट राजनितिमा लागेका मन्सुरी, नेपाल स्वास्थ्यकर्मी संघ, नेपाल मुस्लिम संघ हुदै क्षेत्र सदस्य हुदै काम गर्दै आइरहेका छन् । भाेक्राहा सहकारी समन्वय समितिका अध्यक्ष हुँदै जिल्ला सहकारी संस्थाकाे जिल्ला सदस्य समेत भएका व्यक्ति हुन मन्सुरी । सुनसरी सदरमुकाम सदरमुकामकाे सबै भन्दा पुरानो बिद्यालय भगबती माध्यमिक विद्यालयकाे ब्यवस्थापन समितिकाे अध्यक्ष भएर शिक्षा क्षेत्र सुधार गर्न आफू सफल भएको मन्सुरी बताउँछन्। यस्तै आफ्नो प्रयासमा मन्सुरीले सहकारी मार्फत किसानहरुलाई किसानलाई सेवा दिइरहेका छन् ।

सोही क्रममा भाेक्राहा नरसिंह  वडा नम्बर ६ मा सजिलो कृषि सहकारी संचालन गरी किसानहरु लाई सहुलियत दरमा खाद,मल,बिउ लगायतका अन्य कृषि सामाग्रीहरू उपलब्ध गराउन अहम् योगदान दिदै आएको मन्सुरी बताउँछन् । यस्तै भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ७ मा संचालित मदरसा दारूल फूर्कान मन्सुरीकै पहल संचालनमा आएको हो भने मदरसामा विपन्न ,अनाथ तथा जेहेन्दार विद्यार्थीलाई  निशुल्क शिक्षा तथा छात्राबासको व्यवस्था मन्सुरीले गरिदिएका छन् । आफू पनि कृषककै छोरा भएको र आज कृषी मन्त्रीको जिम्मेवारी पाएको हुनाले कृषकको माग र आवश्यकता लाई मध्यनजर गर्दै सोहि अनुसार काम गर्ने उनको भनाइ छ ।

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.