ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

सुनसरी ४ मा त्रिपक्षीय प्रतिस्पर्धा

यस्तो छ चुनावी सरगर्मी

आवर कोशी by आवर कोशी
फाल्गुन ३, २०८२
सुनसरी ४ मा त्रिपक्षीय प्रतिस्पर्धा
25
SHARES
Share on FacebookShare on Twitter

सुनसरी क्षेत्र नं. ४ मा दुई पूर्वमन्त्रीसहितका हेभीवेट उम्मेदवारको प्रतिस्पर्धाले चुनावी माहोल तातेको छ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यस क्षेत्रमा स्वतन्त्रसहित ३३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । नेपाली काङ्ग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), श्रम संस्कृति पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपालसहित स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन् । उनीहरूले आफ्नो पक्षमा प्रभाव पार्न घरदैलो अभियानलाई पनि तीव्र पारेका छन् । 

काङ्ग्रेसबाट पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, एमालेबाट पूर्व प्रदेशमन्त्री जगदीशप्रसाद कुसियैत, नेकपाबाट महफुज अन्सारी, रास्वपाबाट दीपककुमार साह, जसपाबाट सविता यादव, श्रम संस्कृति पार्टीबाट विष्णु राना उम्मेदवार छन् । काङ्ग्रेसबाट उम्मेदवारी दिएका कार्की यस क्षेत्रबाट दुई पटक निर्वाचित भइसकेका व्यक्ति हुन् । उनले विकास, स्थिरता र आर्थिक समृद्धिलाई मुख्य एजेन्डा बनाएर आफ्नो प्रचारप्रसार गरिरहेका छन् । तेस्रो पटकको संसदीय यात्रा गर्ने उनको लक्ष्य रहेको छ । वि.सं. २०७४ को प्रतिनिधिसभा निर्वाचनमा ३२ हजार ३ सय ४७ मत प्राप्त गरी विजयी भएका कार्की २०७९ सालमा एमालेका उम्मेदवार कुसियैतलाई १ सय १२ मतान्तरले हराएर विजयी भएका थिए । “शिक्षा, स्वास्थ्य, खानेपानी, सडक तथा पुल निर्माण, सप्तकोशी कटान नियन्त्रण, विपन्न समुदायको उत्थान तथा खेलकुद विकासमा योगदान दिँदै आएको छु । अधुरा काम सम्पन्न गर्न पनि म चुनावी मैदानमा होमिएको हुँ”–उनले भने ।  

एमालेका उम्मेदवार कुसियैतले कोशी प्रदेश सरकारमा पूर्व पर्यटन मन्त्री हुन् । विद्यार्थी राजनीतिबाट कम्युनिष्ट आन्दोलनमा प्रवेश गरेका उनी आठ औँ पटक चुनावी प्रतिस्पर्धामा छन् । उनी कार्कीका सदावहार प्रतिस्पर्धी हुन् ।  स्थानीय जनताका आवश्यकता सम्बोधन गर्न र देशमा सुशासन, समृद्ध राष्ट्र र सुखी नेपालीको आकाङ्क्षा पूरा गर्ने सङ्कल्पसहित आफू चुनावी प्रतिस्पर्धामा रहेको कुसियैतले बताएका छन् । कुसियैतले २०५१ सालको निर्वाचनमा नेपाली काङ्ग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालासँग प्रतिस्पर्धा गरेका थिए । उनी २०५३ को उपनिर्वाचनमा र २०७४ सालमा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । 

नेकपाबाट उम्मेदवार रहेका महफुज अन्सारीले भ्रष्टाचारको अन्त्य र जेन जी युवाहरूको मागलाई सम्बोधन गर्न उम्मेदवारी दिएको बताएका छन् । रास्वपाका दीपककुमार साहको पनि ४ नं. क्षेत्रमा चर्चा चुलिएको छ । बालेन र रविका कारण पनि रास्वपामा मतदाताहरू प्रभावित भएका छन् ।
सुनसरीका प्रमुख निर्वाचन अधिकृत प्रकाश राउतका अनुसार निर्वाच क्षेत्र नं.४ मा ३४ जनाले उम्मेदवारी दिएका थिए । एक जनाले उम्मेदवारी फिर्ता लिएपछि हाल कायम रहेका उम्मेदवारमध्ये १७ जना राजनीतिक दलका र १६ जना स्वतन्त्र उम्मेदवार रहेको उनले जानकारी दिए । तीमध्ये २९ जना पुरुष र पाँचजना महिला रहेका छन् । यस क्षेत्रमा उम्मेदवारी दिने उम्मेदवारको उमेर २६ वर्षदेखि ७२ वर्षसम्म रहेको राउतले बताए । 
यहाँ स्वतन्त्र उम्मेदवार मो. गुलाब अन्सारी कान्छा उम्मेदवार छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रेमप्रसाद भट्टराई ज्येष्ठ उम्मेदवारको रूपमा रहेका छन् । सबै उम्मेदवारले आफ्ना मुद्दामा सहमत गराउँदै मत तान्ने कसरत गरिरहेका छन् । मतदाताले भने स्थानीय आवश्यकता सम्बोधनको विश्वासिलो प्रतिबद्धता गर्ने उम्मेदवारलाई मतदात गर्ने मनस्थिति बनाएका छन् ।

निर्वाचन क्षेत्र नं. ४ मा एक लाख ३९ हजार ३ सय ३० मतदाता रहेका छन् । यहाँ ७३ हजार २९ पुरुष र ६६ हजार ३ सय १ महिला मतदाता छन् । यहाँ ४२ मतदानस्थल र १ सय ५० मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ । हाल घरदैलोमा व्यस्त उम्मेदवारलाई यही फागुन ४ गतेदेखि खुला रूपमा प्रचार गर्ने समय दिइएको छ । त्यसलाई मध्यनजर गरी निर्वाचनलाई भयरहित, निष्पक्ष र व्यवस्थितरूपमा सम्पन्न गराउन आवश्यक तयारी तीव्र पारिएको प्रमुख निर्वाचन अधिकृत राउतले बताए ।  जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा करिब तीन हजार ७ सय ४४ जना निर्वाचन कर्मचारी परिचालन हुने उनले जानकारी दिए । “मतदातालाई सुरक्षित वातावरणमा मतदानको व्यवस्था मिलाउन सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवाला निकायसँग समन्वय भइरहेको छ । उम्मेदवारलाई निर्वाचन आचारसंहिताभित्र रहेर प्रचार–प्रसार गर्न पनि आग्रह गरिरहेका छौँ”–उनले भने । 

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.