ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

गाँजा बोक्ने एम्बुलेन्स नियन्त्रणमा, आरोपित अझै फरार

आवर कोशी by आवर कोशी
असार १५, २०७८
गाँजा बोक्ने एम्बुलेन्स नियन्त्रणमा, आरोपित अझै फरार
98
SHARES
Share on FacebookShare on Twitter

मिकाइल आलम

भण्टाबारी। पछिल्लो समय सुनसरीका विभिन्न सीमा नाका हुँदै गाँजा तस्करी गराउन बिरामी बोक्ने एम्बुलेन्सको  समेत प्रयोग भइरहेको पाइएको छ । पहाडी जिल्लाबाट ल्याइने गाँजा रातको समयमा एम्बुलेन्समा सीमावर्ती क्षेत्रसम्म ल्याई भारततर्फ कटाउने गरेको पाइएको हो ।

कोशी गाउँपालिका–८ स्थित भण्टाबारीबाट सुनसरी प्रहरीले जेठ १६ गते राति १ सय ६५ केजी गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको थियो । सो गाँजा भण्टाबारीसम्म ल्याउन एम्बुलेन्सको प्रयोग गरिएकोमा सुनसरी प्रहरीले प्रारम्भिक अनुसन्धानपश्चात् एम्बुलेन्ससहित चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

घटनापश्चात् गाँजा बोक्ने एम्बुलेन्स तत्काल भाग्न सफल भए पनि अनुसन्धान गर्दै जाँदा को.१ च ६८८० नम्बरको एम्बुलेन्ससहित चालक सुशान्त राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता तथा डिएसपी नगेन्द्र कार्कीले जानकारी दिए ।

पछिल्लो घटनाक्रमले जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रबाट भारततर्फ हुँदै आएको गाँजा तस्करी रोकथाम तथा नियन्त्रणका लागि निगरानी बढाएको प्रहरीले दाबी गरे पनि गाँजा तस्करी गराउन तस्करहरूले नयाँ–नयाँ तरिका अवलम्बन गरिरहेको देखिन्छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीको उपस्थिति रहे पनि तस्करहरूले उनीहरूलाई छल्दै गाँजा तस्करी गराउँदै आएका छन् ।

आरोपित अझै फरार

जेठ १६ गते भण्टाबारी नाका हुँदै भारततर्फ तस्करी गराउने उद्देश्यले ल्याइएको गाँजा सुनसरी प्रहरीले विशेष सूचनाका आधारमा गाँजासहित एक जनालाई नियन्त्रणमा लिए पनि उक्त गाँजा तस्करी गराउने गिरोहका मुख्य नाइके भनिएका  पाँचजना अझै फरार रहेका छन् ।

उक्त गाँजाको मुख्य गिरोहका बारे खोजतलास गर्ने क्रममा कोशी गाउँपालिका–८ का ४० वर्षीय गणेश यादवलाई प्रहरीले नियन्त्रणमा लिई उनको बयानका आधारमा कोशी गाउँपालिका वडानम्बर ८ भण्टाबारी क्षेत्रलगायत स्थानका पाँच जनालाई पक्राउ पुर्जी जारी गरिए पनि उनीहरूलाई अझै नियन्त्रणमा लिन नसकिएको स्रोतको भनाइ छ ।

ती आरोपीहरूलाई पक्राउ गर्न सादा पोसाकको टोली बेला–बेला उनीहरूको घरमा समेत पुगे पनि उनीहरू पक्राउ परेका छैनन् ।

स्रोतका अनुसार गाँजा तस्करीको आरोप लागेका तिनीहरू भारतमा बसोबास गर्दै आएका छन् । लकडाउनको समयमा कसैले शङ्का नगर्ने भन्दै तस्करहरूले पहाडी जिल्लाबाट गाँजा ल्याउन एम्बुलेन्सको प्रयोग गरेका हुन् ।

अन्य सवारीसाधनमा ल्याउँदा लकडाउनमा चेकजाँचका क्रममा पक्राउ पर्ने डर हुन्छ तर, बिरामी बोक्ने एम्बुलेन्समा त सुराकी बिना प्रहरीले समेत चेकजाँच गर्दैन ।

त्यसैले तस्करहरूले एम्बुलेन्सको दुरुपयोग गरी गाँजा तस्करी गराउन प्रयोग गरिरहेको स्रोतले जनायो । केही समयअघि एम्बुलेन्समा गाँजा ल्याउँदै गर्दा धरानबाट प्रहरीले १ सय केजी गाँजासहित दुई जनालाई  नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार चालु आर्थिक वर्षको हालसम्म जिल्लाका विभिन्न स्थानबाट ७ सय ७४ केजी गाँजा बरामद गरिएको छ भने ३० जना व्यक्ति पक्राउ परेका छन् ।

एम्बुलेन्समा गाँजा ओसार–पसार गर्ने गिरोहको बारेमा जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको बताउँदै डिएसपी कार्कीले फरार रहेका आरोपितहरूलाई कानूनी दायरामा ल्याई कारबाही गर्ने दाबी गरे ।

गाँजा मुद्दामा मुछिएका केही आरोपित फरार रहेकाले उनीहरूलाई पक्राउ गर्न विशेष टोली परिचालन गरिएको हो ।

कोशी गाउँपालिका–८ स्थित राजमार्गको दक्षिणपट्टि रहेको पानीट्याङ्कीको नजिक प्लास्टिकले बेरी राखिएको ६ थान शङ्कास्पद बोरा फेला पारी चेकजाँच गर्दा १ सय ६५ केजी गाँजा बरामद गरिएको थियो । केही समयअघि सशस्त्र प्रहरीले भण्टाबारीबाटै ४९ केजी गाँजा बरामद गरेको थियो ।

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1653 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    697 shares
    Share 279 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    563 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    521 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    382 shares
    Share 153 Tweet 96
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    375 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.