भण्टाबारी । सुनसरीको कोशी गाउँपालीका क्षेत्रका अधिकांश पसलहरु गैरकानुनी रूपमा संचालन भएको पाइएको छ । कोशी गाउँपालीकाकि उपाध्यक्ष तथा बजार अनुगमन समितिकि संयोजक अनितादेवी यादवको नेतृत्वमा बिहीबार गरिएको बजार अनुगमनको क्रममा त्यस्तो पाइएको हो ।
बजार अनुगमनका क्रममा कोशी गाउँपालीका वार्ड ८ भण्टाबारी र कोशी ब्यारेज क्षेत्रमा संचालन रहेका अधिकांश पसलहरुमा म्याद गुज्रेका सामान बिक्री गरिनुका साथै दर्ता नै नगरी गैरकानुनी रूपमा संचालनमा रहेको पाइएको हो ।
कोशी क्षेत्रका विभिन्न ३० पसलहरुमा अनुगमनका गरिएकोमा अधिकांश दर्ता बिना नै संचालनमा रहेको पाइएकाले ति पसल संचालकहरुलाई पसल कानुनी रूपमा दर्ता गरी व्यवस्थित गर्न निर्देशन दिइएको कोशी गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरीले जानकारी दिए ।
कोशी गाउँपालीकाकि उपाध्यक्ष तथा बजार अनुगमन समितिकि संयोजक अनितादेवी यादवको नेतृत्वमा गरिएको बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रतिनिधि प्रशासकीय अधिकृत त्रिलौचन न्यौपाने, उद्योग वाणिज्य संघका प्रतिनिधि,जनप्रतिनिधि,कोशी गाउँपालीकाका नायब सुब्बा राजकिशोर मेहता, सुरक्षा निकायका प्रतिनिधिहरु,संचारकर्मीलगायतको उपस्थिति रहेको थियो ।