ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

ग्रामीण सडकको बिजोकः हिलाम्मे बाटोमा कष्टकर यात्रा

आवर कोशी by आवर कोशी
असार १८, २०७८
ग्रामीण सडकको बिजोकः हिलाम्मे बाटोमा कष्टकर यात्रा
39
SHARES
Share on FacebookShare on Twitter

मिकाइल आलम

भण्टावारी । केही दिनयता जारी भारी वर्षाका कारण सुनसरीका ग्रामीण क्षेत्रका सडकमा आवत–जावत गर्न कष्टकर बनेको छ । जिल्लाका धेरैजसो ग्रामीण क्षेत्रका सडकमा वर्षाको पानी जमेर हिलाम्मे हुँदा सर्वसाधारणसँगै सवारीसाधन सञ्चालनमा अवरोध उत्पन्न हुने गरेको स्थानीय बताउँछन् ।

जिल्लाको बर्जु, देवानगञ्ज, गढी, हरिनगर, भोक्राहा नरसिंह, कोशी गाउँपालिकालगायत स्थानीय तहका ग्रामीण क्षेत्रका सडकमा आवत–जावत गर्न समस्या भएको गुनासो आएको हो । जथाभावी डोजरको प्रयोग गरेर खनिएका जिल्लाका ग्रामीण सडकमा पानी पर्दा सर्वसाधारणलाई पैदल हिँड्न र सवारीसाधन गुड्न समस्या भएको भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनयाहीका मुक्तार मियाँले गुनासो गरे । वडा कार्यालय, गाउँपालिका, जिल्ला समन्वय समिति र निर्वाचन पूर्वाधार क्षेत्र विकासको रकमले ग्रामीण भेगमा उपभोक्ता समितिमार्फत् वर्षायाममा मनपरी सडक खनिएको कारण आवत–जावत बर्सेनि समस्या आउने गरेको उनको कथन छ । ‘उपभोक्ता समिति र कोटेशनको काम मनपरी तरिकाले भएको पाइन्छ’ उनले भने, ‘विकासको नाममा हतार– हतार बाटो खनिएको छ, जुन काम लाग्ने छैन । ती सडकमा सवारीसाधन त के मान्छे हिँड्नसमेत मुस्किल छ ।’

अविरल वर्षाका कारण सडक हिलाम्मे भएपछि जिल्लाका ग्रामीण क्षेत्रका स्थानीयहरू कष्टकर यात्रा गर्दै आएका छन् । ‘हरिनगर गाउँपालिका वडानम्बर १ र २ जोड्ने बाटो वर्षाले हिलाम्मे बन्दा हिँड्न सकिने अवस्था छैन’ स्थानीय नौसाद अन्सारीले भने, ‘लगातारको वर्षापछि कच्ची सडकहरू ठाउँ– ठाउँमा भत्किएका छन्, बाँकी हिलाम्मे छन्, आवत–जावत गर्न निकै मुस्किल छ ।’ गन्तव्यसम्म पुग्न कहिले बिग्रिएको बाटो त कहिले गाडी धकेल्दै पुग्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

ग्रामीण भेगका बाटो हिलाम्मे बनेपछि उपचार गराउन जाने बिरामीसमेत प्रभावित हुँदै आएको अन्सारीले बताए । ‘राति केही भइहालेमा तत्काल एम्बुलेन्स जाने अवस्था छैन’ उनले  थप्दै भने, ‘तर, सम्बन्धित निकाय मौन छन्, कुनै चासो लिएको छैन, पटक–पटक स्थानीय सर्वसाधारणले जनप्रतिनिधिको ध्यानाकर्षण गराए तर, कुनै सुनुवाइ भएन ।’

वर्षाका कारण कच्ची सडकहरू ठाउँ–ठाउँमा भत्किनुका साथै खाल्डाखुल्डीले हिलाम्मे भएपछि सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । ‘ग्रामीण क्षेत्रको सडकको अवस्था हेर्दा खेतमा रोपाइँ गर्न गएको जस्तो देखिन्छ’ अर्का स्थानीय सुरज यादवले भने, ‘काम परेपछि जोखिमपूर्ण यात्रा गरेर भए पनि जानैप¥यो ।’ स्थानीय तहका गाउँ–गाउँमा सडक पु¥याइए पनि जिल्लामा निर्माण गरिएका अधिकांश ग्रामीण सडक मापदण्ड विपरीत निर्माण गरिएको हुँदा हल्का वर्षामा समेत बिग्रने गरेको जानकार बताउँछन् ।

Related Posts

शिक्षक सेवा तयारी कक्षा समपन्न

शिक्षक सेवा तयारी कक्षा समपन्न

by आवर कोशी
चैत्र १५, २०७९
0

लौकही । कोशी गाउँपालिकाले गाउँ तथा वडाका युवाहरुका लागि निःशुल्क शिक्षक सेवा तयारी कक्षा दिएको छ । आधारभुत तथा प्राथमिक...

लोक सेवा तयारी कक्षा सुरु

लोक सेवा तयारी कक्षा सुरु

by आवर कोशी
चैत्र १५, २०७९
0

लौकही । कोशी गाउँपालिकाले गाउँ तथा वडाका युवाहरुका लागि निःशुल्क लोकसेवा तयारी कक्षा सुरु गरेको छ । आयोगद्धारा लिइने नायव...

कोसीमा सरसफाइ सम्बन्धि अन्तरक्रिया सम्पन्न

कोसीमा सरसफाइ सम्बन्धि अन्तरक्रिया सम्पन्न

by आवर कोशी
चैत्र १५, २०७९
0

लौकही । कोसी गाउँपालीका वडा नम्बर १ लौकही स्थित रहेको गाउँपालीकाको सभा हलमा पालीका स्तरीय खानेपानी तथा सरसफाइ समिति (Wash)...

जोखिम बढेको भन्दै सचेत रहन अध्यक्ष अन्सारीको आग्रह

गाउँपालीका महासंघको प्रदेश अध्यक्षमा अन्सारी

by आवर कोशी
चैत्र १४, २०७९
0

इनरुवा । कोसी गाउँपालीकाका अध्यक्ष एवं नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति ऐयुब अन्सारी गाउँपालिका महासंघ कोशी प्रदेश...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

शिक्षक सेवा तयारी कक्षा समपन्न
प्रदेश

शिक्षक सेवा तयारी कक्षा समपन्न

by आवर कोशी
चैत्र १५, २०७९
0

लौकही । कोशी गाउँपालिकाले गाउँ तथा वडाका युवाहरुका लागि निःशुल्क शिक्षक सेवा तयारी कक्षा दिएको छ । आधारभुत तथा प्राथमिक...

Read more
लोक सेवा तयारी कक्षा सुरु

लोक सेवा तयारी कक्षा सुरु

चैत्र १५, २०७९
कोसीमा सरसफाइ सम्बन्धि अन्तरक्रिया सम्पन्न

कोसीमा सरसफाइ सम्बन्धि अन्तरक्रिया सम्पन्न

चैत्र १५, २०७९
जोखिम बढेको भन्दै सचेत रहन अध्यक्ष अन्सारीको आग्रह

गाउँपालीका महासंघको प्रदेश अध्यक्षमा अन्सारी

चैत्र १४, २०७९
कोसीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कोसीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

चैत्र १४, २०७९
  • 5k Fans

बढी पढिएकाे

  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    537 shares
    Share 215 Tweet 134
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    373 shares
    Share 149 Tweet 93
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    369 shares
    Share 148 Tweet 92
  • वडाध्यक्षसहित ३ सय ७४ जना काङ्ग्रेसमा प्रवेश

    363 shares
    Share 145 Tweet 91
  • कोसीको अध्यक्षमा अन्सारीको फराकिलो अग्रता

    359 shares
    Share 144 Tweet 90
  • सुनसरी सभापतिमा कस्ले मार्ला बाजी ?

    284 shares
    Share 114 Tweet 71

सूचना : याे वेबसाइट निर्माणाधिन छ । हाल परीक्षणकाे क्रममा रहेकाे याे वेबसाइट चाँडै नै दर्ता गरी सञ्चालनमा ल्याउनेछाैं । यहाँहरूकाे सल्लाह सुझाव

प्रबन्ध निर्देशक :
प्रधान सम्पादक :
सम्पादक :
संवाददाता :

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!