सुनसरी । सुनसरीमा ७९ सहित प्रदेश १ मा आज शुक्रबार ३ सय ८ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
झापामा ८५, मोरङमा ९३, सुनसरीमा ७९, धनकुटामा १०, उदयपुरमा ४, सङ्खुवासभामा २, तेह्रथुममा २, इलाममा ६, पाँचथरमा १९ र प्रदेश १ बाहिरका ८ जना गरी ३ सय ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार आज सुनसरीको वराहक्षेत्रमा ३, धरानमा ४१, रामधुनीमा २, इटहरीमा २५, इनरुवामा १, दुहबीमा २ र स्थानीय तह नखुलेको ४ जना गरी ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।







