कोशी ब्यारेज । सुनसरीको कोशी व्यारेजस्थित सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि ५६ मध्ये २९ ढोका खोलिएका छन्।
शनिबार बिहान ८ बजेको पछिल्लो मापनअनुसार सप्तकोसी नदीमा पानीको बहाव दुई लाख २२ हजार ४७५ क्यूसेक पुगेको कोशी व्यारेजस्थित कन्ट्रोल रुमले जनाएको छ। सप्तकोसी नदीमा जलस्तर निरन्तर बढ्दै गएको हुँदा सुनसरी र सप्तरीका नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ।
सप्तकोसीमा पानीको बहाव निरन्तर बढ्दो क्रममा रहेकोले रातो बत्ति बालिएको छ् ।







