इनरुवा । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा इनरुवा नगरपालिका वडा नम्बर – ४ को सभापति पदको लागि सत्यनारायण यादवले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । राजनीतिसँगै समाजसेवामा सक्रियता साथ लागेका यादवले आगामी महाधिवेशनमा नेपाली काङ्ग्रेस इनरुवा -४ को सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन ।

समाजसेवी छवि बनाएका यादव को हुन् ?
इनरुवा नगरपालिका वडा नम्बर – ४ स्थित हनुमान चाेकमा बसाेबास गर्दै अाएका यादव इनरुवा नगर क्षेत्रमा मात्रै नभई सुनसरीमा समाजसेवी एवं नेपाली काङ्ग्रेस पार्टीका सम्भावना बोकेका हाेनाहार युवाका रूपमा आफ्नो छवि बनाइसकेका व्यक्ति हुन् । नेपाल तरुण दल इनरुवाका नगर सचिव , नेपाली काङ्ग्रेस नगर सदस्य , इनरुवा जेसिजका उपाध्यक्ष र ५७ टोलिका सचिव समेत रहेका यादव आगामी महाधिवेशनमा नेपाली काङ्ग्रेस इनरुवा -४ को सभापतिका लागि बलियो उम्मेदवारी देखिएका छन् ।

लकडाउनको समयमा इनरुवामा क्षेत्रका गरिब दुखीहरुलाई निशुल्क खाना खुवाउने तथा निशुल्क आँखा शिविर चलाउने कार्यक्रमका अध्यक्ष भएर काम गरेका उनी अाउँदै गरेकाे नेपाली काङ्ग्रेसकाे १४ औं महाधिवेसनमा नेपाली काङ्ग्रेस पार्टी वडा नम्बर ४ का वडा सभापति पदमा सर्वसहमतिमा निर्वाचित हुने सम्भावना प्रबल रहेकोे बताइन्छ । १४ औं महाधिवेसनमा नेपाली काङ्ग्रेस पार्टी वडा नम्बर ४ का वडा सभापतिका लागि उम्मेदवारी घोषणा गर्दै यादवले आफू सबैसँग सहमति,सहकार्य र एकताको भावनाअनुसार अगाडि बढेको बताए ।
मिलनसार स्वभावका यादवले आफू वडा सभापति पदमा निर्वाचित भएको अवस्थामा नेपाली काङ्ग्रेसको संगठनलाई बलियो बनाउदै जिल्लास्तरीय नेताकार्यकर्ताहरुसँग समन्वय र सहकार्य गर्दै जनहित हुने कार्य अगाडि बढाउने बताउँछन् ।








