सुनसरी । सुनसरीमा सात वर्षीया नाबालिक बलात्कार गरेको आरोपमा एकजना ट्राफिक प्रहरी पक्राउ परेका छन् ।
स्थायी घर झापा भई हाल सुनसरीको दुहबी ३ मा डेरा गरी बस्दै आएका एक परिवारकि ७ वर्षीया नाबालिका लाई अस्थायी ट्राफिक प्रहरी कार्यालय दुहबीका एक प्रहरी जवानले सात वर्षीया बालिकालाई जवर्जस्ति करणि गरेको आरोपमा ति प्रहरी जवान पक्राउ परेका हुन ।
पीडित बालिकाको परिवारले शुक्रबार दुहबी प्रहरीमा उजुरी दिएपछि सो घटना बाहिरिएको हो ।
घटना बाहिरीए लगतै दुहबीका संचारकर्मीको टोलि घटनास्थल रिपोर्टिङ गर्न पीडित बालिकाको घरमा पुगि पीडितका बुवासँग बास्तविक घटना क्रम बुझ्न खोज्दा घटना घटेको बताएपनि उनले बाँकी केही भनेनन् ।
सात वर्षीया नाबालिक बलात्कारको आरोपमा पक्राउ परेका ट्राफिक प्रहरी जवान शेखर चौधरी परिवार सहित सोही पीडित बालिका बसेको घरमा डेरा लिस्थानमा बस्दै आएका थिए ।
घट्नाको विषयमा इलाका प्रहरी कार्यलय दुहबीका प्रहरी निरीक्षक घनेन्द्रहाङ्ग खुजुमसँग बुझ्दा उनले पीडित परिवारको उजुरीका आधारमा ट्राफिक प्रहरी जवान चौधरीलाई नियन्त्रणमा लिइ अनुसन्धान थालिएको बताउदै पीडित भनिएकी बालिकाको स्वास्थ्य परिक्षणको रिपोर्ट आइनसकेको बताए ।









