बिराटनगर । पेटको क्यान्सरबाट पीडित रहेका नेपाल प्रहरीका नायव उपरिक्षक (डिएसपी) रमेश कुमार देवको मृत्यु भएको छ । पेटको क्यान्सरबाट पीडित डिएसपी देवको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
उनी प्रदेश–१ प्रहरी कार्यालय बिराटनगरमा कार्यरत थिए । डिएसपी देवको आइतबार विहान मृत्यु भएको प्रदेश–१ प्रहरी कार्यालय बिराटनगरका प्रवक्ता एसपी नविनराज राईले समेत पुष्टि गरे । २०६४ मा निरिक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका देव सप्तरीका स्थानिय हुन् ।







