लौकही । कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले भौतिक दूरी कायम गरी मुस्लिम समुदायको दोस्रो ठुलो महान पर्व मनाउन आग्रह गरेका छन् । मुस्लिम समुदायको बक्रईदको अघिल्लो दिन संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष अन्सारीले इस्लाम धर्मावलम्बीको मौलिक चाडपर्वको संरक्षण एवं सम्वर्द्धन गर्दै समाजिक दूरी कायम गर्दै पर्व मनाउन आग्रह गरे ।

मुस्लिम समुदायको दोस्रो ठुलो पर्व ईदुल अजहा बक्रईद २०७८ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिमहरुमा सुख, शान्ति, समृद्धि, दीर्घायु तथा प्रगतिका लागि शुभकामना व्यक्त गर्दै उनले कोभिड –१९ को जोखिम विश्वभर यथावत रहेकाले नेपाल सरकारले लागू गरेको स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर पर्व मनाउन आग्रह गरेका हुन । ‘आफू र आफ्नो परिवारसमेत सचेत र सजग हुँदै सुरक्षाका उपायहरू अवलम्बन गर्नु सबैको दायित्व हो’, संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष अन्सारीले भने इस्लाम धर्मावलम्बीको बक्रईद पर्व २०७८ ले हामी सबैमा नयाँ उत्साह, उमंग, जोश र जाँगर थप्ने विश्वासका साथ उत्तरोत्तर प्रगतिको कामना गर्दै मंगलमय शुभकामना व्यक्त गर्दछु ।’

यता मुस्लिम संघ प्रदेश नम्बर १ का अध्यक्ष हाजी डाक्टर इसराइल मन्सुरीले समेत इस्लाम धर्मावलम्बीको दोस्रो ठुलो पर्व बक्रईदका अवसरमा सबैमा हार्दिक मुबारकवाद दिदै कोरोना महामारीको जोखिम यथावत रहेकाले भौतिक दूरी कायम गर्दै नेपाल सरकारले तोकेको स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर पर्व मनाउन आग्रह गरेका छन् ।









