ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

हात्ती आतंक रोक्न यस्ता छन् जनप्रतिनिधिको योजना

आवर कोशी by आवर कोशी
भदौ ४, २०७८
हात्ती आतंक रोक्न यस्ता छन् जनप्रतिनिधिको योजना
59
SHARES
Share on FacebookShare on Twitter

लौकही । कोसीटप्पु वन्यजन्तु आरक्षलाई निकुञ्ज बनाउनेदेखि कोसी गाउँपालिकालाई नगरपालिका बनाउन माग गर्दै कोसीका जनप्रतिनिधि मन्त्रालय धाइरहेका छन् ।

सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद् ज्ञानेन्द्रबहादुर कार्की शेरबहादुर देउवा सरकारमा मन्त्रालयको जिम्मेवारी सम्हालेपछि कोसीका जनप्रतिनिधि आरक्षलाई निकुञ्ज बनाउनेदेखि कोसी गाउँपालिकालाई नगरपालिका बनाउनेलगायत विभिन्न ३२ वटा योजनासहित मन्त्रालय धाइरहेका हुन् ।

चुनावका बेला गरेका कतिपय योजना कार्यान्वयन गराउने उद्देश्यले कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीसहितको टोली काठमाडौं दौडाहामा छन् । कोसी गाउँपालिकाले विभिन्न शीर्षकमा विभिन्न मन्त्रालयअन्तर्गत ३२ वटा योजना कार्यान्वयन गराउने उद्देश्यले अध्यक्ष अन्सारी राजधानी काठमाडौं दौडाहामा रहेको कोसी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरीले बताए ।

कोसीको दिगो विकास र समृद्धिका लागि सङ्कल्प लिएका अन्सारीले भौतिक पूर्वाधार, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र कोसीको मात्रै नभई सुनसरी र सप्तरी जिल्लामा रहेकोे हात्ती आतङ्क रोक्ने योजनासहित अध्यक्ष अन्सारीनेतृत्वको टोली काठमाडौंमा रहेको उनले जानकारी दिए ।

यस्ता छन् जनप्रतिनिधिको योजना

साविकको चारवटा हरिपुर, श्रीपुर, पश्चिम कुसाहा र लौकही गाविस गाभिएर बनेको कोसी गाउँपालिकालाई नगरपालिका बनाउने सिफारिस र वर्षौंदेखिको हात्ती आतङ्क रोक्ने योजनासहितका योजना कार्यान्वयन गराउन लागिपरेको अध्यक्ष अन्सारी बताउँछन् ।

कोसीटप्पु वन्यजन्तु आरक्षबाट गाउँ पस्ने हात्तीको समूहबाट हुँदै आएको मानवीय तथा भौतिक क्षति रोक्न कोसीटप्पु क्षेत्रमा सिंचाइ कुलो निर्माण गर्दै आरक्षलाई निकुञ्जमा परिणत गर्न आवश्यक रहेकोे उनको भनाइ छ । ‘सोलार तारबारले हात्तीलाई रोक्न सकिँदैन, हात्ती गाउँ पस्नबाट रोक्न सिंचाइ कुलोबाहेक अन्य विकल्प छैन, मैले यो कुरा बारम्बार भन्दै आएको छु’ उनले भने, ‘हामी त्यही योजना लिएर मन्त्रालय धाइरहेका छौं ता कि अब पनि अकालमा सर्वसाधारणले ज्यान गुमाउनु नपरोस् ।’

कोसी गाउँपालिका क्षेत्रमा रहेको सिंचाइ समस्या अन्त्य गर्न गलफरिया सिंचाइ आयोजना निर्माण कार्य गर्न सम्बन्धित मन्त्रालयमार्फत् सरकारको ध्यानाकर्षण गराइएको अध्यक्ष अन्सारीले जानकारी दिए । यसैगरी कोसी गाउँपालिकाको प्रशासकीय भवन, प्रत्येक वडाको कार्यालय भवन, विभिन्न वडामा मूलबाटो कालोपत्रेदेखि कोसी पर्यटकीय वाटर पार्क र भ्यूटावरसहित विभिन्न ३२ वटा योजना कोसीका जनप्रतिनिधिले माग गरेका छन् ।

त्यसैगरी वडा–वडामा सञ्चालनमा ल्याइएको प्रसूति गृह र स्वास्थ्य चौकीमा स्वास्थ्य दरबन्दी, शिक्षा क्षेत्र सुधार गर्दै सरकारी विद्यालयको शैक्षिकस्तर उकास्ने योजना माग गरिएको उनले बताए ।

गाउँपालिकाका अध्यक्ष अन्सारीले चुनावको बेला जनतासँग वाचा गरेकामध्ये बाँकी रहेका केही जनहितका योजना लिएर आफू उक्त योजनाहरू पूरा गराउन मन्त्रालय धाएको बताउँछन् । ‘कोसी गाउँपालिकाको धेरैजसो योजना हामीले कार्यान्वयन गराउन सफल भएका छौँ’ उनले भने, ‘सीमित स्रोत र साधनको अभावका कारण आफूले जनतासँग गरेका वाचा पूरा गर्नका लागि लक्षित उद्देश्यका साथ एकमुष्ठ योजनाहरू माग गरेका हौं ।

हाम्रो मुख्य योजना भनेको गरिबी निवारण गरिनुदेखि रोजगारी सिर्जना, सामाजिक–सांस्कृतिक रूपान्तरणलगायत छन् ।’ आफूहरूले माग गरेको योजना कार्यान्वयनमा आएपछि कोसी बाढी पीडितसँगै हात्ती आतङ्क रोकिनुका साथै जनताको जीवनस्तरमा परिवर्तन आउने उनले दाबी गरे ।

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    562 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    520 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    381 shares
    Share 152 Tweet 95
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.