ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

जनप्रतिनिधिको सक्रियतापछि निकुञ्ज बन्दै मृगकुञ्ज

आवर कोशी by आवर कोशी
भदौ ७, २०७८
जनप्रतिनिधिको सक्रियतापछि निकुञ्ज बन्दै मृगकुञ्ज
78
SHARES
Share on FacebookShare on Twitter

मिकाइल आलम

सुनसरी। कोसीटप्पु वन्यजन्तु आरक्ष (मृगकुञ्ज) लाई राष्ट्रिय निकुञ्ज बनाउने तयारी थालिएको छ ।

सुनसरीको कोसी गाउँपालिकाका जनप्रतिनिधिको मागलाई सम्बोधन गर्दै सरकारले यसको प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

सुनसरीबाटै चुनाव जितेर हाल कानून, न्याय तथा संसदीय मामिला मन्त्री बनेका ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री तथा वन तथा वातावरण मन्त्रीलाई आरक्षको जग्गा राष्ट्रिय निकुञ्जको मापदण्डअनुसार पुग्ने देखिएकाले आवश्यक प्रक्रिया अघि बढाउन अनुरोध गर्दै सिफारिस गरेका छन् ।

त्यस्तै प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले पनि वन तथा वातावरण मन्त्रालयलाई पत्र लेख्दै आरक्षलाई निकुञ्ज बनाउने कार्य उच्च प्राथमिकतामा राख्न निर्देशन दिएको छ ।

हाल १ सय ७५ वर्गकिलोमिटरमा फैलिएको आरक्ष निकुञ्ज बने अझै विस्तार हुनेछ । निकुञ्ज बनेपछि एकातर्फ हात्ती आतङ्क नियन्त्रणमा आउने  र अर्कातर्फ विदेशी पर्यटक बढ्ने जनप्रतिनिधिहरूको विश्वास छ । निकुञ्जको क्षेत्रफल ठूलो हुने भएकाले हाल बस्तीमा आएर आतङ्क मच्चाउने हात्ती निकुञ्जभित्रै नियन्त्रणमा रहन सक्छन् ।

हालको आरक्ष भनेको वन्यजन्तुको संरक्षणका लागि स्थापना गरिएको हो । त्यसैले पनि आरक्षमा विदेशी पर्यटकहरू आउँदैनन् । किन कि संरक्षित वन्यजन्तुलाई असर पुग्ने ठानेर उनीहरू आरक्षतर्फ आकर्षित हुँदैनन् । सीमित मात्रामा अध्ययन अनुसन्धान गर्नेहरू मात्र आउँछन् ।

तर, निकुञ्ज बनेपछि वन्यजन्तु तथा चरा हेर्नकै लागि पनि विदेशी पर्यटकहरू आउने सम्भावना बढ्छ । त्यससँगै स्थानीयवासीको व्यापार व्यवसाय बढ्छ । कोसी टप्पु चरा, अर्ना तथा सिमसारका लागि बढी परिचित छ । यो क्षेत्र जैविक विविधताका लागि विदेशीहरूको अध्ययन केन्द्र बन्ने सम्भावना छ ।

आरक्षलाई निकुञ्ज बनाउनेदेखि कोसी गाउँपालिकालाई नगरपालिका बनाउनेलगायत ३२ योजना माग गर्दै कोसी गाउँपालिकाका जनप्रतिनिधिहरू प्रधानमन्त्री शेरबहादुर देउवा तथा विभिन्न मन्त्रीसमक्ष पुगेका थिए ।

त्यसमध्ये अधिकांश माग सम्बोधन गर्न सरकार सकारात्मक देखिएको कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारी बताउँछन् । उनका अनुसार कोसी टप्पुलाई राष्ट्रिय निकुञ्ज बनाउने, हात्ती आतङ्क रोक्ने, गलफरिया सिंचाइ आयोजनाको निर्माण थाल्नेलगायत प्रमुख योजना कार्यान्वयन गराउन सरकार सकारात्मक देखिएको उनको भनाइ छ ।

कोसी गाउँपालिकामा प्रमुख समस्याका रूपमा देखिएको हात्ती आतङ्कलगायत चुनावका बेला गरेका कतिपय योजना कार्यान्वयन गराउने उद्देश्यले गाउँपालिकाका  अध्यक्ष अन्सारीसहितको टोली विभिन्न शीर्षकमा विभिन्न मन्त्रालयअन्तर्गत ३२ वटा योजना कार्यान्वयन गराउन सरकारको ध्यानाकर्षण गराएको थियो ।

‘कोसी गाउँपालिकाको भौतिक पूर्वाधार, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र कोसीको मात्रै नभई सुनसरी र सप्तरी जिल्लामा रहेकोे हात्ती आतङ्क रोक्ने योजनासहित हामीले सरकारको ध्यानाकर्षण गराएका हौं’ अध्यक्ष अन्सारीले भने, ‘तीमध्ये वर्तमान सरकार हात्ती आतङ्क रोक्न, कोसी टप्पुलाई राष्ट्रिय निकुञ्ज बनाउन, सिंचाइ समस्या अन्त्य गर्नको लागि सकारात्मक रहेको पाइयो ।

कोसीटप्पु वन्यजन्तु आरक्षबाट गाउँ पस्ने हात्तीको समूहबाट हुँदै आएको मानवीय तथा भौतिक क्षति रोक्न कोसीटप्पु क्षेत्रमा सिंचाइ कुलो निर्माण गर्दै आरक्षलाई निकुञ्जमा परिणत गर्न आवश्यक रहेकोे उनको भनाइ छ ।

यसैगरी कोसी गाउँपालिकाको प्रशासकीय भवन, प्रत्येक वडाको कार्यालय भवन, विभिन्न वडामा मूलबाटो कालोपत्रेदेखि कोसी पर्यटकीय वाटर पार्क र भ्यूटावरसहित विभिन्न ३२ वटा योजना कोसीका जनप्रतिनिधिले माग गरेका छन् । त्यसैगरी वडा–वडामा सञ्चालनमा ल्याइएको प्रसूति गृह र स्वास्थ्य चौकीमा स्वास्थ्य दरबन्दी थप्नसमेत माग गरिएको छ ।

तत्कालीन सुनसरी क्षेत्र नम्बर ५ बाट जनताले विगतमा पटक–पटक गिरिजाप्रसाद कोइरालादेखि उपेन्द्र यादवसम्मलाई निर्वाचित गराए पनि उनीहरूले वर्षौंदेखिको हात्ती आतङ्क, सिंचाइ अभावलगायत विकास कार्य गर्न नसकेको बताउँदै प्रकाशपुरका स्थानीय तेजबहादुर गुरुङ स्थानीय तहमा जनप्रतिनिधि आएपछि जनताका समस्या समाधान उन्मुख रहेको दाबी गर्छन् ।

नेपाली काङ्ग्रेस  सुनसरी क्षेत्र नम्बर ४ का सभापतिसमेत रहेका कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीको प्रधानमन्त्री शेरबहादुर देउवासँग रहेको व्यक्तिगत सम्बन्धले समेत महत्वाकाङ्क्षी आयोजना कार्यान्वयन गराउन मद्दत पुगेको उनको भनाइ छ ।

‘यही क्षेत्रबाट निर्वाचित व्यक्ति पटक–पटक प्रधानमन्त्रीदेखि विभिन्न मन्त्रीसम्म भए’ उनले भने, ‘तर, जनताका समस्या समाधान गर्न उनीहरूले खासै तदारुकता देखाएनन् ।’ हात्ती आतङ्क रोक्दै कोसी टप्पु वन्यजन्तु आरक्षलाई निकुञ्जमा परिणत गर्नसके स्थानीय जनताले रोजगारी पाउनुका साथै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने गुरुङ बताउँछन् ।

‘हामीले भोग्दै आएका प्रमुख समस्याहरूका बारेमा पहिलोपटक अन्सारी नेतृत्वको टोलीले प्रधानमन्त्रीसम्म ध्यानाकर्षण गराएको बताउँदै कोसी गाउँपालिका–३ का अब्दुल मियाँले माग गरेको योजना कार्यान्वयन भएको अवस्थामा सुनसरी क्षेत्र नम्बर ४ का जनता लाभान्वित हुने बताए ।

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    562 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    520 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    381 shares
    Share 152 Tweet 95
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.