लौकही । कोशी टप्पु वन्यजन्तु आरक्षका जनावर र मानव द्वन्द अन्त्य गर्न सरकार गम्भीरतापूर्वक लागेको कानुन,न्याय तथा संसदीय मामिला मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् । कोशी गाउँपालीकाले बुधबार आयोजना गरेको एककार्यक्रम बोल्दै उनले हात्ती नियन्त्रणका लागि ट्रेन्जनिर्माणलाई सरकारले प्राथमिकता राखेको बताए । हात्ती आतंक नियन्त्रणका लागि उठेका सवालको जवाफ दिदै सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद तथा मन्त्री कार्कीले जनावर र मानवबीचको द्वन्द अन्त्य गर्दै कोशी टप्पु वन्यजन्तु आरक्षलाई छिट्टै निकुञ्जमा परिणत गरिने बताए ।

कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले जंगली जनावर बाहिर निस्किन नदिन आरक्षको चारैतिर ट्रेन्जको निर्माण गर्न, जनावर आक्रमणबाट मृतकका परिवारलाई दिदै आएको १० लाख क्षतिपूर्तिलाई बढाएर २५ लाख पुर्याउन, जनावर आक्रमणबाट घाइते व्यक्तिलाई आजिवन निशुल्क उपचारको व्यवस्था गर्न, मृतक परिवारका कम्तिमा एकजनालाई रोजगारको व्यवस्था गर्न, कोशी टप्पु वन्यजन्तु आरक्षलाई निकुञ्जमा परिणत गर्नलगायत माग गरेका थिए । हात्ती आतंक रोक्दै कोशी टप्पु वन्यजन्तु आरक्षलाई निकुञ्ज परिणत गर्नुपर्ने बताउदै अध्यक्ष अन्सारीले कोशी टप्पु निकुञ्ज बनेको अवस्थामा पर्यटक आकर्षक हुने बताउँछन् । कोशी टप्पु निकुञ्ज बन्यो भने स्थानीय कला संस्कृतिको प्रचारप्रसार हुन्छ जनताले रोजगारी पाउछन् साथै पर्यटन प्रवर्द्धनमा टेवा पुग्छ उनले भने ।
जनता समस्या समाधान गर्न आफू तत्पर रहेकोे बताउदै मन्त्री कार्कीले भाषण गरेर समस्या समाधान नहुने भएकाले आफू समस्या पहिचान गर्दै दीर्घकालीन समाधानतर्फ केन्द्रित भएको बताउँछन् । वर्षौंदेखि हात्ती आतंक यथावत रहेको छ् उनले भने सोलार तारबारसहित घेरबेरा गर्न पटकपटक बजेट विनियोजन गरेपनि समस्या समाधान भएन । त्यसैले अब कसरी दीर्घकालीन रूपमा समस्या समाधान गर्न सकिन्छ त्यसको बारेमा बिज्ञहरु हामी छलफल गरिरहेका छौं । कोशी गाउँपालीकाका अध्यक्षले राख्नुभएको आरसीसी सहितको ट्रेन्ज निर्माण एउटा राम्रो विकल्प हुनसक्छ मन्त्री कार्कीले भने । आफू कम बोल्ने तर काम गर्ने व्यक्ति भएको दाबी गर्दै उनले जनावर आतंक रोक्दै आरक्षलाई निकुञ्जमा परिणत गर्नका निम्ति आफ्नो पूरा सामर्थ्यका साथ लाग्ने बताए । आफू मन्त्री भएपछि जनता समस्या समाधानका लाई अग्रसर भएर लागिपरेको बताउदै मन्त्री कार्कीले जनावर आतंक रोक्न तत्काल घासे मैदान व्यवस्थापन गर्न, मानव र जनावर आतंक रोक्न,सिमसार व्यवस्थापनलगायत कार्य गर्न ९० लाख रुपैयाँ विनियोजन गरिएको बताए । घासे मैदान व्यवस्थापन गर्न, मानव र जनावर आतंक रोक्न,सिमसार व्यवस्थापन यो सांकेतिक कुरा मात्रै हो उनले भने यसले जनावर आतंक रोक्न सहयोग पुग्छ ।









