ourkoshi
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका
No Result
View All Result
ourkoshi

कोसी सम्झौता कार्यान्वयनमा जनप्रतिनिधिको चासो

आवर कोशी by आवर कोशी
भदौ १५, २०७८
कोसी सम्झौता कार्यान्वयनमा जनप्रतिनिधिको चासो
55
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । कोसी नदीको भौतिक नियन्त्रण भारत सरकारसँग छ । भारत बिहार सरकारको जल संशाधन विभागले कोसी नियन्त्रणका लागि बर्सेनि काम गर्छ । तर, पर्याप्त काम नगर्दा कोसी नदीको बहाव पश्चिम तटबन्धतर्फ सर्दै गइरहेको छ ।

यो वर्षामा मात्रै कोसीमा आएको बाढीले १ किलोमिटरभन्दा बढी कटान गरेको स्थानीय बताउँछन् । समयमा भारत सरकार जिम्मेवार नहुँदा नागरिकले दुःख पाइरहेका छन् । सन् १९५० को कोसी सम्झौता (शान्ति तथा मैत्री सन्धि) भारतले अक्षरशः पालना नगर्दा कोसी प्रभावित नेपालीको दुःख बढ्दै गइरहेको छ ।

वराहक्षेत्र नगरपालिका र कोसी गाउँपालिका प्रमुखले भारत सरकारले प्रतिबद्धता पूरा नगरेको गुनासो गरेका छन् । कोसी नदीबाट सिर्जित समस्याका बारेमा बिहार सरकारको जल संशाधन विभाग पुगेर मन्त्री सञ्जय शर्मालाई ध्यानाकर्षण गराइएको छ । वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख निलम खनाल र कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीको टोलीले कोसीको बितण्डा, प्रभावित क्षेत्रमा भारतको प्रतिबद्धता बारे ध्यानाकर्षण गराएका हुन् ।

‘भारत सरकारले ‘लिज’ मा लिएको जग्गाको शुल्क बुझाउनेलगायत महत्वपूर्ण सन्धि सम्झौता पूरा गरेको छैन’ वराहक्षेत्रका नगर प्रमुख निलम खनालले भने, ‘सन् १९५० को शान्ति तथा मैत्री सन्धिका बुँदालगायत कोसी कटान, बाढी पीडितका समस्या, वन्यजन्तुबाट भएको मानवीय क्षति, भारत सरकारले लिजमा लिएको जग्गाको शुल्क र सन्धिमा उल्लेख भएका बुँदाहरूमाथि छलफल भएको छ ।’

भारत सरकारले सन्धिमा भएका सम्झौताहरूलाई पूरा नगरेका कारणले पहिलो चरणको छलफलमा गएको कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले बताए । उनले सम्झौतामा भएको सबैभन्दा महत्वपूर्ण विषय नै पूरा गर्न नसकेको बताए ।

‘कोसी नदीको बाँधका आसपास ५ किलोमिटरसम्म विद्यालय, अस्पताल नभए स्थापना गर्ने र भएकालाई सहयोग गर्ने सम्झौता थियो, त्यो नै पूरा हुन सकेको छैन’ अध्यक्ष अन्सारीले भने, ‘लौकहीदेखि चक्रघट्टीसम्म निर्माण भएको सडक जीर्ण अवस्थामा रहेकाले पुनर्निर्माणका लागि ध्यानाकर्षण गराएका छौं ।’

अध्यक्ष अन्सारीले साविक रेल चलेको मार्गमा आरसीसी ड्रेन निर्माण गरेर सुरक्षा गर्नुपर्ने योजनासमेत पेश गरेको बताए । हात्तीलगायतका जङ्गली जनावरको नियन्त्रणका लागि पनि यो योजना उपयोगी हुने उनको भनाइ छ ।

‘कोसी बराजको ‘ब्युटिफिकेशन’ का लागि पनि काम भएको छैन’ अध्यक्ष अन्सारीले भने, ‘हाम्रो बजेटबाट त्यहाँ काम गर्ने कुरा आएन, सम्झौताले हामीलाई काम गर्न दिँदैन, बराजको सुन्दरताका लागि पार्क निर्माणको कुरा गरेका छौं ।’

बैठकमा बिहार जल संशाधन विभागका मन्त्री सञ्जय शर्माले आफ्नो क्षेत्राधिकारभित्र रहेका र गर्न सक्ने कुरा पूरा गर्ने प्रतिबद्धता जनाएको वराहक्षेत्रका नगर प्रमुख निलम खनालले बताए ।

‘मन्त्री शर्माले निरीक्षणको लागि टोली पठाउने प्रतिबद्धता व्यक्त गरेका छन्’ नगर प्रमुख खनालले भने, ‘उहाँले यो बिहार राज्यको मामिला मात्र होइन, दुई देशको मामिला भएकाले केन्द्रीय मन्त्रालय तथा विदेश मन्त्रालयसम्म कुरा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।’

छलफलमा ‘कमिटमेण्ट’ र ‘एग्रिमेण्ट’ को कुरा उठाएको कोसी गाउँपालिकाका अध्यक्ष अन्सारीले बताए । उनले यस विषयमा सङ्घीय सरकारले चासो दिनु पर्ने बताए ।

‘नेपाल सरकारलाई भाडा नतिरेको विषय सङ्घीय सरकारले गर्ने हो, सङ्घीय सरकारले गर्नुपर्ने धेरै विषय छन् तर, गरेको छैन’ अध्यक्ष अन्सारीले भने, ‘हामीले कोसी प्रभावित क्षेत्रमा पूरा गर्नुपर्ने प्रतिबद्धतालाई दृढतापूर्वक राखेका छौं, बिहारका मुख्यमन्त्री नितिश कुमारसँग भेटवार्ता गर्नेसमेत योजना बनाएका छौं ।’

भारत सरकारले वराहक्षेत्र नगरपालिका, कोसी गाउँपालिका, हनुमान नगर कङ्कालिनी नगरपालिका, सप्तकोसी नगरपालिकालगायतका कोसी प्रभावित क्षेत्रको दायित्व पूरा गर्न आनाकानी गरिरहेको स्थानीयको गुनासो छ ।

ब्लाष्टबाट साभार

Related Posts

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

by आवर कोशी
फाल्गुन १८, २०८२
0

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि तेस्रो पटक उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूलाई मतदाताले...

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

by आवर कोशी
फाल्गुन १५, २०८२
0

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारहरू आफ्नो पक्षमा मतदाता आकर्षित गर्न घरदैलो अभियानमा...

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

by आवर कोशी
फाल्गुन ११, २०८२
0

मिकाइल आलम कोशी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवारी दिएका पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरैका समाचार

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह
प्रदेश

इन्जिनियरदेखि सांसद बनेका दीपक कुमार साह

by आवर कोशी
फाल्गुन २६, २०८२
0

सुनसरी । २०८२ को प्रतिनिधिसभा निर्वाचनले सुनसरी क्षेत्र नम्बर–४ मा नयाँ राजनीतिक सन्देश दिएको छ। लामो समय ऊर्जा तथा पूर्वाधार...

Read more
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

सुनसरी ४ : ह्याट्रीक जित हुनेमा कार्की ढुक्क

फाल्गुन १८, २०८२
घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

घरदैलोमा समानुपातिक उम्मेदवार नगमा शाहिद

फाल्गुन १५, २०८२
कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

कार्कीलाई जिताउन कांग्रेसी नेताकार्यकर्ता सक्रिय

फाल्गुन ११, २०८२
पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

पूर्व मन्त्री कार्कीको घरदैलोमा जनसमर्थन बढ्दै

फाल्गुन ७, २०८२

बढी पढिएकाे

  • सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

    1652 shares
    Share 661 Tweet 413
  • महिलासँग रंगेहात पक्राउ परेका वडाध्यक्ष निलम्बित

    696 shares
    Share 278 Tweet 174
  • सीमाबाट ब्राउन सुगरसहित भारतीय पक्राउ

    562 shares
    Share 225 Tweet 141
  • मन्दिरको जग्गा व्यक्तिको नाममा गरेपछि…..

    520 shares
    Share 208 Tweet 130
  • इनरुवाको मेयरमा भण्डारीको फराकिलो अग्रता

    381 shares
    Share 152 Tweet 95
  • कोसीको अध्यक्षमा ऐयुब अन्सारीको अग्रता

    374 shares
    Share 150 Tweet 94
  • 5k Fans

सम्पर्क

ठेगाना : कोशी गाउँपालीका -८ (भण्टाबारी) सुनसरी
मोबाइल नम्बर : ९८४८६४४३६८/९८१४३०८२२४
इमेल : ourkoshinews@gmail.com

हाम्राे टिम

सम्पादक : प्रेमकुमार साह
संचालक/अध्यक्ष : मो. मिकाइल
प्रमुख सम्बादाता : अलफेद अन्सारी

दर्ता

कम्पनी दर्ता नं. : २६७२०९-०७८-०७९
सूचना विभाग द‍‍र्ता नं. : ४३६०-२०८०-०८१
प्रेस काउन्सिल सूचीकृत नं. :४६८२-२०८१-०८२

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय समाचार
    • देश
    • प्रदेश
    • बिदेश
    • राजनीति
    • अपराध
    • अर्थ बाणिज्य
    • अन्य समाचार
  • ग्रामीण खबर
  • लेख/विचार
  • चलचित्र
  • जीवनशैली
  • फिचर
  • ब्यानर न्यूज
  • विविध
    • सम्पादकीय
    • समाचार टिप्पणी
    • सूचना प्रविधि
    • अन्तरवार्ता
    • पत्रपत्रिका

© Ourkoshi Media Pvt. Ltd (ourkoshi.com) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.