लौकही । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन सर्वसहमतीबाट गर्न सुनसरी क्षेत्र नम्बर ४ ले एकताको संदेश दिइएको छ । आधिकारिक रूपमा घोषणा नभएपनि सुनसरी क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने अधिकांश वडामा सहमतिबाटै नयाँ कार्य समिति चयन गरिएको बताइएको छ ।
सुनसरी क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने कोशी गाउँपालीका क्षेत्रका वडास्तरमा सर्वसहमतीबाट नयाँ कार्य समिति चयन गरिएको नेपाली काङ्ग्रेसका एकजना नेताले जानकारी दिए । “नेपाल काङ्ग्रेसले सुनसरी क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने कोशी गाउँपालीकाको ६ वटा वडामा सर्वसहमत रूपमा वडामा नयाँ कार्य समितिको टुंगो लगाइसकेको छ ति नेताले भने अन्यमा समेत सहमतिको प्रयास जारी मलाई लाग्छ धेरैजसो वडामा केही दिनमै टुंगो लाग्छ ।”

नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनको लागि एकताको संदेश दिने उद्देश्यले वडास्तरबाटै सहमतिबाट नयाँ कार्य समितिको लागि कसरत गरिरहेको नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति तथा कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले जानकारी दिए । “सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली काङ्ग्रेस एकताबद्ध छ र प्रजातान्त्रिक मूल्यमान्यतामा विश्वास गर्नेहरू फुटेर होइन मिलेर बस्नुपर्छ भन्ने ध्येयले हामी सर्वसहमतीबाट नयाँ कार्य समिति छान्ने कसरतमा लागेका हौ उनले भने सकभर ३२ वटै वडामा नयाँ कार्य समिति सर्वसहमतीले चयन गर्ने मेरो योजना छ यसमा सबैको साथ,सहयोग र सहकार्यको निरन्तरता आवश्यक छ ।” सर्वसहमतीले नयाँ कार्य समिति चयन भएपनि आधिकारिक घोषणा भने भदौ २१ गतेपछि मात्र गरिनेछ ।

नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति तथा कोशी गाउँपालीकाका अध्यक्ष दुवै पदको जिम्मेवारी सफलतापूर्वक बहन गर्दै ऐयुब अन्सारीले कोशी गाउँपालीका बाटै सर्वसहमतीको वातावरण बनाउदै फुटेर होइन मिलेर जानुपर्छ भन्ने संदेश दिन सफल भएको नेपाल विद्यार्थी संघ कोशी गाउँपालीकाका सभापति कुन्दन मण्डलले बताए । “नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ को सभापति पदमा निर्वाचित भएर आएपछि कुनै गुट उपगुट नभनी उहाँले सबैलाई एकताबद्ध गरेर लगेको कारण आज नेपाली काङ्ग्रेस बलियो देखिएको हो उनले भने विपक्षीलाई समेत मिलाएर लान सक्ने सरल र सबैसँग मिल्ने स्वभावका ऐयुब अन्सारी आउँदो महाधिवेशनबाट पुनः निर्वाचित हुनेमा हामी विश्वस्त छौं ।”








