इनरुवा । नेपाल सरकारले प्रदान गर्दै आएको सुप्रवल जनसेवाश्री पुरस्कार यसवर्ष सुनसरीका जनप्रतिनिधिले समेत पाउने भएका छन् ।

२०७८ सालको गणतन्त्र दिवसको अवसर पारेर सरकारले सुनसरी इनरुवा नगरपालिकाका मेयर राजन मेहता, हरिनगर गाउँपालीकाका अध्यक्ष गफार मियाँ अन्सारीलगायतलाई विभिन्न पदकबाट सम्मान गर्ने निर्णय गरेको छ । स्थानीय तहमा निर्वाचित भएपछि मेयर मेहता र अध्यक्ष अन्सारीले गरेको उल्लेखनीय कामको मूल्यांकन गर्दै उनीहरू सम्मानित हुन लागेको बताइएको छ ।










