लौकही । विकास निर्माणकार्यमा विरोध नभई सहकार्य गर्न कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले आग्रह गरेका छन् । कोशी गाउँपालीकामा बहुवर्षीय योजना अन्तर्गत टेन्डर आह्वान गरिएको बारे ध्यानाकर्षण गराउन आएका विपक्षी दलका प्रतिनिधिहरुलाई अध्यक्ष अन्सारीले सो आग्रह गरे ।

काम गर्ने सिलसिलामा कहिँकतै त्रुटि भएमा आफू सचिएर अगाडि बढ्न सकारात्मक भएपनि अथक प्रयास पश्चात् कार्यान्वयनमा ल्याउन लागिएको विकास निर्माणकार्यमा अवरोध नभई आ आफ्नो स्थानबाट सहयोग गर्न विपक्षी दलका प्रतिनिधिहरुलाई उनले आह्वान गरे । `आफूलाई जनताले निर्वाचित गराएकाले ऐन,कानुनको अधीनमा रहेर जनपक्षीय काम गर्दा अवरोध गरिएमा त्यसको जवाफ जनताले दिनेछन् अध्यक्ष अन्सारीले भने त्यसैले तपाई यदि सहि र सकारात्मक कार्यमा सहयोग गर्न सक्नुहुन्न भने अवरोध पनि नगर्नोस् ।´ आफू निर्वाचित भएर आएपछि सबै वर्ग र समुदायलाई सामान प्राथमिकतामा राखेर काम गरिरहेको बताउदै उनले राजनीतिमा पक्ष र प्रतिपक्ष हुनु स्वभाविक भएपनि व्यक्तिगत हमला गर्नु दु:खद कुरा भएको बताए ।

विकास निर्माणकार्यबारे डेलिगेशन लिएर पुगेका प्रतिपक्षी दलका प्रतिनिधिहरुले आफूहरू विकास विरोधी नभई खबरदारी गर्न आएको बताए । आफूले पाएको समय अवधिभर आफ्ना एजेन्डाअनुसार काम गर्न उनीहरूले अध्यक्ष अन्सारीको ध्यानाकर्षण गराएका थिए ।









